राप्रपा संयुक्तमा पुनः ओडारी

0
1233

बिर्तामोड,लक्ष्मीप्रसाद ओडारीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त जिल्ला कार्य समिति झापा गठन भएको छ ।
बिर्तामोडमा आयोजित पार्टीको जिल्ला भेलाबाट पुनःओडारीको नेतृत्वमा राप्रपा संयुक्तको जिल्ला कार्य समिति गठन भएको हो । गठित समितिको उपाध्यक्षमा डिल्लीप्रसाद गौतम, दुर्गादेवी ढुङ्गेल र विजय दाहाल रहेका छन् । सचिवमा युवराज चुडाल, सह–सचिवमा दुर्गाप्रसाद ढकाल , कोषाध्यक्षमा नवीन थापा तथा सह कोषाध्यक्षमा लोकवहादुर वस्नेत चयन भएका छन् ।
पार्टीले खड्गप्रसाद ओडारी र भेषराज वास्कोटालाई प्रवत्ताको जिम्मेवारी दिएको छ । समितिको सदस्यमा डोरसिंह ताजपुरिया, जलदासरी राजवंशी, सर्मिला तिम्सिना, हर्क धिमाल, दिपेश कुमार राय, निराजन भट्टराई , धनश्याम ढकाल, हेमन्त बोहोरा रहेका छन् ।
त्यस्तै समितिकै सदस्यमा तेजवहादुर थापा, भीम भट्टराई, तुलसा गिरी, जमुना भट्टराई, दुर्गा खनाल, खेम खरेल, उत्सव भट्टराई, आयुष वास्कोटा, शब्द दाहाल, सिताराम अधिकारी, तीला तिम्सिना विष्ट, रुद्र प्रसाद गौतम र दुर्गाकुमारी दाहाल रहेका छन् ।
पार्टीका उपाध्यक्ष वरिष्ट अधिवक्ता विष्णु भट्टराईको प्रमुख आतिथ्य र पूर्व मन्त्री टेकनारायण राजवंशीको आतिथ्यमा भएको जिल्ला भेलामा पार्टीका केन्द्रीय सदस्य प्रजापति कोइराला, दिपेन्द्र भण्डारी, तेजवहादुर विष्ट, धनकुट्टा अध्यक्ष धनलाल राई, लगायतले शुभकामना मन्तव्य राखेका थिए । पार्टीका केन्द्रीय सदस्य चेतनाथ थापाले स्वागत मन्तव्य राखेका थिए भने डिल्ली प्रसाद गौतमले कार्यक्रम सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here