जयगुरु सत्संग मन्दिर उद्घाटन

0
1457

गौरीगञ्ज, 

गाउँपालिका वडा नं. ४ भवानीपुरस्थित श्रीजयगुरु सत्संग मन्दिरको एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । श्रीठाकुर अनुकुल चन्द्रजीको १३२औं जन्मोत्सवको अवसर पारेर गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले उक्त मन्दिरको उद्घाटन गरेका हुन् ।

जयगुरु मन्दिर सञ्चालन समितिका अध्यक्ष श्याम गिरीको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जग्गादाता सोनीलाल हजाम र तिलकचन गिरीलाई सम्मान गरिएको थियो ।

जग्गादाता सोनीलाल हजामले मन्दिर निर्माण गर्न १६ धुर जग्गा र तिलकचन गिरीले शौचालय निर्माणका लागि २ धुर जग्गा निःशुल्क प्रदान गरेका थिए । गौरीगञ्ज गाउँपालिका वडा नं. ४का वडाध्यक्ष कुलप्रसाद गिरीका अनुसार गौरीगञ्ज गाउँपालिका र वडा नं. ४को वडा सिलिङ्ग वजेटबाट १० लाख ७० हजार, तत्कालीन जिल्ला विकास समितिबाट १ लाख रुपैयाँ र श्रमदानबाट २ लाख ५० हजार रुपैयाँमा मन्दिर निर्माण भएको हो ।

कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाका वडा नं. १का अध्यक्ष कार्तिकलाल राजवंशी, समाजसेवी घनश्याम रिजाल, महिला नेतृ फूलवत्ती राजवंशी, पर्शुराम राजवंशी लगायतले बोलेका थिए ।

कार्यक्रममा भारतको झारखण्ड देवघरका रितिक गोपाल झा, शशिकान्त झा, नजरलाल राजवंशी, अनिलकुमार सिन्हा, चेतलाल राजवंशी, दुखालाल ताजपुरिया, वडाध्यक्ष अग्नु राजवंशी, बद्रीनारायण यादव, बिजय सिंह, युवा समाजसेवी श्रवण गिरी, अजय साहलगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन गाउँपालिकाका प्रतिनिधि वीरेन्द्र खड्काले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here