खाटमा खेलिरहेकी बालिकाकाे करेन्ट लागेर ज्यान गयो

0
578

महोत्तरी,

औरही नगरपालिका–३ मा करेन्ट लागेर एक जना बालिकाको ज्यान गएको छ । करेन्ट लागेर नरेश महतोको ३ वर्षीया छोरी सिमाकुमारी महतोको ज्यान गएको हो ।

बिहीबार राति खाटमा खेल्ने क्रममा कोठामा रहेको बिजुलीको प्लगमा हात पसाउँदा करेन्ट लागेर घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

बालिकाको शवलाई पोस्टमर्टम गरी अन्तिम संस्कारको लागि अभिभावकलाई जिम्मा लगाइएको प्रहरी निरीक्षक किशोर अचार्यले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here