बुधवार।
वैदिक सनातन धर्म संरक्षण समिति बुद्धशान्तिको आयोजनामा बुधवारेमा नेपालगञ्जबाट सुर्खेत लाने बहानामा सामुहिक हत्या गरिएका गाईहरूको आत्माको चिरशान्तिको कामनाका साथ शोकसभा सम्पन्न भएको छ ।
आयोजक संस्थाका अध्यक्ष खेमनाथ मिश्रको अध्यक्षता र गोवंश संरक्षण समितिका केन्द्रीय अध्यक्ष लक्ष्मीप्रसाद खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न सो सभामा उपाध्यक्ष इन्द्रलाल गड्तौलाले स्वागत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि खतिवडा, विशिष्ट अतिथि प्रेमप्रकाश फलाहारी, अतिथिहरू दिननाथ ढकाल, प्रजापति कोइराला, भीम निरौला, तेजराज सुवेदी, नन्दकुमार तिम्सिना लगायतका वक्ताहरूले गाई कुनै जात, धर्म, सम्प्रदाय विशेषको नभई विश्वभरिका मानिसहरूलाई अमृतमय दूध खुवाउने आमा सरह भएको बताए ।
गौहत्या अत्यन्त निन्दनीय घटना भएको भन्दै वक्ताहरुले यस्ता अमानवीय घटना नदोहो¥याउन चेतावनी दिए । त्यस अवसरमा दिवंगत गाईहरूको आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिएको थियो । कार्यक्रमको सञ्चालन समिति सदस्य नवीन गड्तौलाले गरेका थिए ।































