बिर्तामोडमा सहज योग

२९ भाद्र २०७६, आईतवार मा प्रकाशित

बिर्तामोड।

झापाको बिर्तामोडमा सहज योग सम्पन्न भएको छ । सहज योग ध्यान केन्द्र बिर्तामोडले आयोजना गरेको शिविरमा एक सय ५० भन्दा बढीको सहभागिता थियो ।

सहज योग विधिद्वारा कुण्डलिनी शक्तिको जागरण तथा चक्रको शुद्धिकरण आत्मा साक्षात्कारको अनुभूतिद्वारा मानव शरीरमा भएको पुरानो भन्दा पुरानो रोग निदानका लागि शिविरको आयोजना गरिएको हो । शिविरमा क्यान्सर, ब्लड प्रेसर, मधुमेह, डिप्रेसन जस्ता रोगको निदान हुने विश्वास गरिएको छ ।

शिविरमा भारत सिक्किमका सहज योग लाइफ इन्टरनेशनल ट्रष्टका सदस्य पुरुषोत्तम शर्माले परमपुज्य श्रीमाताजी निर्मलादेवीले प्रतिपादन गरेको सहज योगको विधिद्वारा मानव शरीरमा भएका शारीरिक, मानसिक, भावनात्मक रोगको कसरी निर्मुल पार्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएका थिए । यो विधि विश्वका एक सय ८० देशमा अपनाइँदै आएको बताइन्छ ।

बिर्तामोडमा सहज योग ध्यान केन्द्रको रुपमा कार्यालय स्थापना गरी योग शुरु भएको गाोपाल लकान्द्रीले जानकारी दिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here