ज्येष्ठ नागरिकको सम्मान र युवाको कर्तव्य

0
603

टीका लामिछाने,

वि. सं. २०४० साल अघिसम्म नेपालका पहाडी भेगका कुनै पनि जिल्ला वा अञ्चलमा मोटर गुड्ने सडक बनिएका थिएनन् । त्यतिबेला नगन्यमात्रामा अलि हुनेखानेहरु पहाडदेखि तराई सम्मको यात्रा गर्दा घोडाको प्रयोग गर्थे रे । अन्य सर्वसाधारणले पैदल यात्राबाटै तराई पहाड जाने अउने गर्थे । पहाडदेखि तराई झर्दा यात्रुले पकाउने भाँडो, थाल, डाडु, पन्यु, गिलास, अलिकति चामल, दाल, गुन्द्रुक, नुन, तेल, बेसार लगायत ओढ्ने ओछ्याउने साथमै बोकेर तीन दिनदेखि १२ दिनसम्मको लामो बाटो हिँड्दै, बीच–बीचमा बास बस्दै गन्तब्यतिर लाग्थे ।

त्यतिबेला अहिलेको जस्तो जताततै होटलहरु थिएनन् । पूर्वी पहाडका त्यतिबेलाका नाम चलेका बाटाहरुमा आठराइबाट झर्दा तमोरको गड्तिर, पाँचथर बाट झर्दा भारपाको ओरालो, जोरसाल, रवि हुँदै पेरु¨तरको बाटो गरी मधुमल्ला वा दमक, ताप्लेजुङबाट तराई आउँदा गुफा पोखरी, बसन्तपुर, धनकुटा, मुलघाट सांघुरी भञ्ज्याङको उकालो, चिउरीबासको ओरालो हुँदै धरान, भोजपुरतिरबाट आउँदा उदयपुर हुुँदै गाईघाट वा घोडेटार, चतारा हुँदै धरान, इलामको पूर्वी भेगबाट झापाको शनिश्चरे आदि गोरेटा बाटाहरु चल्तिका थिए । अन्य पनि धेरै बाटाहरु थिए ।

हिँड्दै जाँदा बाटामा अनगिन्ति उकाली ओराली, देउराली भञ्ज्याङ, गल्छी तथा नदिका जङ्घार तर्दै, रात नपरुञ्जेल हिँड्दै, रातमा जहाँ पुगियो त्यहिँ बास बस्दै, खाना पकाउँदै खाँदै तराई पहाडको व्यवहार धान्ने पिँढीले आज ८० बर्ष उमेरको बसन्त पार गरेको छ । पहाडको कष्टकर जीवनबाट केही सुख खोज्दै तराई मधेसको औलो, मलेरिया र औधी गर्मीसँग जुध्दै, सर्प, बिच्छि, बाघ, भालु आदिको आक्रमणको पर्वाह नगरी, बाढी पहिरोको कहर काट्दै तराईका जंगल फडानी गरी खेतीयोग्य जमिन तयार गर्दै मानवीय बस्ती बसाउने बृद्ध पिँढीका दुःखकष्ट आजको युवापुस्तालाई एकादेशको दन्तेकथा जस्तो लाग्न सक्छ । तर, यथार्थ यस्तै थियो ।

हुन त त्यतिबेला तराईका केही भागमा आदिबासी रैथानेहरुको पनि पातलो बसोबास थियो । त्यतिबेलाका अलि हुनेखाने मान्छेहरुले अरुलाई रवाफ देखाउने हाउभाउका साथ सर्वसाधारणले भन्दा अलि सुखी जीवन बिताए होलान् । तर, अधिकांशले अहिलेको जस्तो प्रविधिको सुविधा उपभोग गर्न त्यतिबेला पाएनन् । पूर्व–पश्चिम राजमार्ग पनि बल्ल २०२९, २०३० सालतिर एक लेनको बनेको हो । त्यही पनि अधिकांश भागमा ग्राभेल मात्र । घरपरिवार, छोराछोरीलाई लालनपालन गर्नुपर्ने, शिक्षा–दिक्षा दिलाउनुपर्ने व्यवहारिक जिम्मेवारी निर्वाह गर्दागर्दै कतिले अकालमा ज्यान गुमाए । न शिक्षाको उज्यालो पाउन सके न अस्पतालको उपचार पाउन सके । बिरामी परेका बेला धामी झांक्रीको भरमा उपचार गर्नुपर्ने बाध्यता त थियो नै त्यसमाथि मधेसबाट ढाकर र खर्पनमा नुन–तेल लगायतको खाद्य सामग्री एवम् लत्ताकपडा बोकेर त्यति लामो बाटोको उकाली–ओराली धाउँदा कति दुःख हुन्थ्यो होला । अनुमान लगाउन गाह्रो हुन्छ । तैपनि परिवारको खुशीका लागि अहिलेकै बृद्ध पिँढीले असाध्य गुन लगाएका छन नयाँ पिँढीलाई ।

आजभोलिका ५० बर्षमुनिका पिँढीलाई बृद्ध पिँढीको तुलनामा क्या मस्ति छ । बाबु आमाले जोडिदिएको सम्पब्मिा चैन गरेका छन् । आफूले आप्mनै बलबुतामा अपबाद बाहेक कति पनि सम्पत्ति जोड्न सकेका छैनन् । हुन त देशकै समग्र परिस्थिति निर्वाहमुखी छ । उन्नति प्रगति गर्ने अवसरहरु र वातावरण छैन । अलि उच्च शिक्षा लिएकाहरु अमेरिका, अष्ट्रेलिया तथा युरोप पुगेका छन् भने अर्धशिक्षित बेरोजगारहरु खाडीको तातो घाममा श्रम पगालेर परिवारको आवश्यकाता पूरा गर्दैछन् । यद्यपि यहीँ रहेकाले पनि बाबु आमाले कमाइदिएको सम्पत्तिको सदुपयोग गरेका छन् भने त स्याबास नै भन्नु पर्ला । तर, दुरुपयोग गरेर आधुनिक हुने नाउँमा विकृति र विसंगति तर्फ लागेर श्री सम्पत्ति नष्ट गर्ने क्रम पनि बढ्दो छ । अत्यधिक मादकपदार्थ सेवन, जुवा तास, लागूऔषधको कुलतमा फँसेकाले सामाजिक संरचना, संस्कार एवम रीतिथिति ध्वस्त पार्ने क्रियाकलापमा लागेको देख्दा बृद्ध पिँढीलाई शान्तिको सास फेर्न कति सकस परेको होला ?

आप्mनो युवा अवस्थामा बाटो–घाटो, सडक नबनेको र शिक्षा एवम् प्रविधिको विकास नभएकोले अत्यन्तै कष्टकर जीवन बिताउने पनि यही बृद्ध पिँढी । यतिबेला शिक्षाको सर्वसुलभता, सूचना प्रविधिको उपयोग गर्ने प्राविधिक ज्ञान र सीपको अभावको कारण दुःख पाउने पनि यही बृद्ध पिँढी । युवा अवस्थामा अभावको पीडा, बृद्ध अवस्थामा प्रभावको पीडा भोग्नुपर्ने बाध्यता । धन्य छ बृद्ध मातापितालाई । आफूले शिक्षाको उज्यालो घामबाट वञ्चित हुनु परे पनि दैनिक रोजीरोटीको जोहो गर्दै आप्mना सन्तानलाई शिक्षाको मुल प्रवाहमा हेलिन देखाउनु भएको बाटो र निर्वाह गर्नुभएको भूमिकालाई आजको सभ्य छोराछोरीले आत्मैदेखी नमन गर्नैपर्छ ।

दुःखको कुरा त के भने उतिबेला ६० रुपैयाँ तोला पर्ने सुनको भाउ आज रु. ७२ हजार पुगेको छ । उतिबेला दुई सय र तीन सय रुपैयाँमा एक बिगाह जमिन किन्न सकिन्थ्यो । आज त्यही जमिनको भाउ आकासिएर बिगाहको त के कुरा धुरको पाँचदेखि १० लाखसम्म पर्ने भएको छ । बृद्ध मातापिताले आनासुकी बटुलेर जोडिदिएको सम्पत्ति युवा पिँढीले आँखा चिम्लिएर दुरुपयोग गर्ने, बृद्ध मातापिताको स्याहारसुसारमा कञ्जुस्यार्इं गर्ने र बृद्धाश्रममा लगेर राखिदिने, संयुक्त परिवार प्रणालीलाई ध्वस्त पारी एकल परिवारलाई महत्व दिने आदि कृत्यले गर्दा बृद्धहरुले कल्पनै गर्न नसक्ने परिस्थितिको विकास भएको अनुभव गर्दा बृद्ध मातापितालाई बाँकी जीवन जिउन कति असहजता भएको होला ? अनुमान गर्न गाह्रो छ । आजको युवा पुस्ताले एकछिन माथापच्ची गरौं त :

– के अहिलेको बृद्ध पिढीले हिजो विभिन्न व्यवधानका बावजुद झोडा फाँडी खेतीयोग्य जमिन तयार नगेका भए आजको जस्तो अवस्था आउँथ्यो त ?

– के हिजो बाबुआमाले हाम्रो शिक्षा दिक्षामा योगदान नपु¥याउनु भएको भए आज हामी शिक्षित हुने थियौं त ?

– के हिजो हाम्रा बुबा आमाले दुःखजिलो गरी सम्पत्ति नजोडी दिएको भए आज हामी महलमा बस्न सक्ने हुन्थ्यौं त ?

यस्तै अनगिन्ति प्रश्नमा एकछिन घोरिएर अनि सोचौं कि यो बृद्ध पिँढीप्रति युवाहरुको दायित्व के छ ? हाम्रो कर्तव्यले मात्र पुग्दैन । बृद्धप्रति सप्रेम कर्तव्य निर्वाह गर्ने जिम्मेवारी हाम्रो हो । हाम्रो सामाजिक तथा पारिवारिक प्रणाली पाश्चात्य देशहरुको सँग मिल्दैन । बृद्ध अवस्थामा अझ धेरै स्याहार सुसारको खाँचो पर्छ । बाथरुम जाने सवालमा, शौचालय जाने सवालमा, ओढ्ने ओछ्याउने मिलाउने सवालमा, मन लागेको खानेकुरा व्यवहस्था गरिदिने सवालमा, दशैं तिहार जस्ता चाडपर्वमा आप्mना सन्ततिलाई दान–दक्षिणा दिने सवालमा, रोगव्याधले सताएको बेला औषधि उपचारका साथै विषेश हेरचाह गर्ने सवालमा, लगाउने लुगा धोइपखाली गर्ने सवालमा, तीर्थव्रत गर्ने गराउने सवालमा आदि धेरै सवालमा युवापुस्ताले खुशीसाथ उत्तरदायित्य निर्वाह गर्नुपर्छ । यस्ता कार्यबाट पन्छिएर बृद्ध मातापितालाई एक्लै छोडी आपूmमात्रै सुख–सुविधा भोग्ने सन्तान कुलङ्घार हुन् ।

अतः दिलैदेखि प्रेमपूूर्वक बृद्ध मातापिताको सेवा सुश्रुसा गर्ने सन्तानले मात्र आमाको दश धारा दूधको ऋण तिर्न सक्छन् । आजका बृद्ध मातापितालाई व्यवहारिक मात्रै नभएर प्रविधितर्फ पनि सेवाको खाँचो छ । त्यसैले आ–आफ्ना मातापिता प्रति सबै छोराबुहारी, छोरीज्वाइँ, नाति–नतिना, इष्टमित्र लगायत छरछिमेक सबै–सबैको ध्यान जाओस् । ज–जसले सेवा गर्दै हुनुहुन्छ साधुवाद छ । जसले गर्न भ्याउनुभएको छैन वा मन मार्नुभएको छ, जीवनको अन्तिम घडीका मातापितालई सकेको सेवा गरौं र सुखपूर्वक बाँकी जीवत बिताउन सहयोग गरौं । यही अनुरोध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here