४० जनालाई कम्बल वितरण

0
497

भद्रपुर।

काली पूजाको अवसरमा भद्रपुर नगर क्षेत्रका एकल महिला, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिलाई कम्बल वितरण गरिएको छ । भद्रपुर–५ स्थित श्री सार्वजनिक काली पूजा समिति मेचीकिनारले नगर क्षेत्रका ४० जनालाई कम्बल वितरण गरेको हो ।

३०औँ वर्षको अवसरमा काली पूजा समितिले उठाएको चन्दा संकलनबाट बचत भएको रकमले एकल महिला, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिलाई कम्बल वितरण गरिएको आयोजक समितिका दिलीप भुइँमालीले जानकारी दिए ।

समितिका अध्यक्ष अजय सिंह राजपुतको अध्यक्षता तथा नेपाली कांग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश सांसद ओमप्रकाश सरावगी, नेपाली कांग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल, युवा व्यापारी सञ्जय घोष लगायतको आतिथ्य रहेको थियो ।

सोही कार्यक्रम अन्तर्गत खुल्ला नृत्य प्रतियोगिता भएको थियो । प्रतियोगितामा प्रथम आयुसा भुइँमालीले भएकी थिइन् । प्रत्येक वर्ष झैँ यसबर्ष पनि भव्य रूपमा काली पूजा सम्पन्न गराउन साढे दुई लाख अनुमानित खर्च भएको समितिका सदस्य भीमा राजपुतले जानकारी दिइन् । कार्यक्रमको सञ्चालन लता कार्कीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here