चारपाने।

बिर्तामोडस्थित मेगा कम्प्लेक्स व्यवसायीले सञ्चालन गरेको मेगा कम्प्लेक्स बहार दशंै, तिहार, छठ बम्पर उपहार सार्वजनिक गरिएको छ ।
दुई हजारभन्दा माथिको सामान खरिद गर्ने ग्राहकलाई एउटा कुपन उपलब्ध गराइएको थियो । उक्त कार्यक्रम अन्तरगत ११ हजार कुपन बिक्री गरिएको समितिले जनाएको छ ।
मेगा कम्प्लेक्स व्यवसायी समितिका अध्यक्ष नारायण कोइरालाको अध्यक्षता तथा बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य सञ्जीव घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सात वटा पुरस्कार अन्तर्गत १३ जनालाई पुरस्कार प्रदान गरिएको थियो ।
सान्त्वना सातौं पुरस्कार आइरन विजेताहरु सञ्जय साह, नरमाया थापा, प्रज्ज्वल गुरुङ, शम्शेरबहादुर श्रेष्ठ रहेका छन् भने छैठौं पुरस्कार फेन प्राप्त गर्नेहरुमा निरज भट्टराई, निशा उप्रेती र जतिन वैध रहेका छन् । पाँचौं पुरस्कार राइस कुकर प्राप्त गर्नेहरुमा निसान्त उप्रेती, दिवासा थपलिया रहेका छन् भने चौथो उपहार सूर्योदय सहकारीले प्रायोजन गरेको स्मार्ट मोबाइल बिर्तामोडका अर्जुन चुडालले प्राप्त गरेका छन् । त्यस्तै तेस्रो पुरस्कार परिचय आवसले प्रायोजन गरेको रेफ्रिजेरेटर ( फ्रिज) भिम दुलालले प्राप्त गरेका छन् । त्यसैगरी दोस्रो पुरस्कार शिवम् हाउजिङले प्रायोजन गरेको ल्यापटप गंगा लिम्बूले प्राप्त गरेका छन् ।
आयोजकको तर्फबाट राखिएको प्रथम पुरस्कार यामाहाको स्कुटर जित्ने भाग्यमानी ग्राहक झापा बुद्धशान्तिका उमानाथ पोखरेल बन्न सफल भएका छन् । विगत बर्षदेखि नै उपभोक्ताको हितका लागि शुरु गरिएको पुरस्कार मेगा कम्प्लेक्सको एक आर्कषण कार्यक्रम बन्ने गरेको छ ।
कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका सदस्य राजकुमार साह, मेगा कम्प्लेक्स व्यवसायीे सञ्चालन समितिका उपाध्यक्ष दुर्गा थपलिया, सचिव राजेन्द्र विमली, शिवम् हाउजिङका सञ्चालक मनोज प्रसाई, शिखर साकोसका अध्यक्ष दिपेन्द्र राउत लगायतको आतिथ्य रहेको थियो ।
११ हजार कुपनमध्ये १३ वटा कुपन दृष्टीविहीन सरन सुब्बाले बाकसबाट निकालेर पुरस्कारको घोषणा गरिएको थियो । कार्यक्रमको सञ्चालन सहसचिव रमेश परियारले गरेका थिए ।































