रानिटारे साइँला (भगिहाङ नेम्वाङ)
विश्व शान्ति मानव एकताको शंखघोष गर्ने, चराचर सृष्टिकै रक्षार्थ एवम् प्रकृति संरक्षणमा जीवन नै त्याग गर्ने फाल्गुनन्द लिङ्देन किरात धर्मावलम्बीहरुको लागि प्रत्येक पलपलको लागि नै जीउने, परिवर्तनको लागि प्रेरणाको मुख्य मन्त्र बनेका छन् भन्दा अत्युत्ति नहोला ।
जसरी हिन्दू धर्मावलम्बी राधेराधे, हरिहरि, हे रामराम जे भने पनि हरेक अप्ठ्यारा परिस्थिति वा सहजमा ईश्वरलाई जप्छन् । आज किरातीहरुको निम्ती फाल्गुनन्द किरात समुदायमा नजन्मिनु भएको भए किरातीहरु विकृतिको गहिरो धरातलमा मात्र रही लोप र पतन अवस्थामा हुने थिए । उहाँ जन्मिएपछि बल्ल हे फाल्गुनन्द भन्नसम्म सिकिरहेका छन् ।
हुन त फाल्गुनन्द स्वयम्लाई आफूले भेट्न सकेको भए कति आभार चढाई सेवा गरी अखबारमा शब्दले बयान गर्थेहोला जस्तो लाग्छ आफूलाई ! संयोगबस उहाँको केही चेलाहरुसँग भेट हुँदाका कुराहरु पाठकमाझ पस्कन खोजेको छु १३५औं जन्मजयन्तीको अवसरमा । घरमा होस् वा कुनै ठाउँमा आचारसंहिता, संस्कार लागू गर्न चाहने कुनै पनि ब्यक्ति आफू पनि अनुशासित, संस्कारपालक हुनुपर्छ । जसले पालना गर्छन् सो बेलामा एक्लै भएको महसुस गरी कठोर संघर्ष गरेको हुन्छ ।
फाल्गुनन्दको जीवनी, किरात कर्म संस्कार परिवर्तन अध्ययन गर्दा उहाँका सामिप्य सेवकहरुसँग भेटघाट गर्दा सिद्धान्तमा अति कट्टर नियमपालक हुनुहुन्थ्यो भन्ने बुझिन्छ । उहाँका चेला सिदिनन्द फेजोङ सामप्रसाद थेबे, पर्भुराम तुम्बापो फेजोङ, नरदललाई भेट्दा उहाँले सामान्य सिकाई पालन गराउँदा अहिलेका पुस्तालाई धेरै कठिनाई लाग्छन् । पहिला नैतिक शिक्षा बढी थियो, अहिले ज्ञान र नैतिक शिक्षा छैनन् । ब्यवहारिक नैतिक ज्ञानबिनाको शिक्षा अपाङ्ग हुन्छ ।
फाल्गुनन्द आफैं सत्य बोल्ने सत्य व्यवहार गर्ने सतआहार विहार गर्ने शुद्ध शाकाहारी आध्यात्मिक साधा जीवन उच्च विचारको मुख्य प्रवर्तक हुनुहुन्थ्यो । यसर्थ सबै चेलाहरुले सोही सिद्धान्त नै पछ्याए । फाल्गुनन्द लिङ्देनलाई सत्य, शान्ति, अहिंसाको महान अभियानता हुनुमा कसैको प्रेरणा थिएन । अवोध टुहुरो आठ वर्षको उमेरमा माईखोलाको किनार खत्रक्पा भन्ने ठाउँमा अदेख नारीरुपी युमामाङले प्रदान गरी आपसेआप उहाँको विवेकमा सृजीत शरीरमा अनुकम्पित भएको थियो । उक्त बेलाको मानव समाजले चिन्न नखोजेको फाल्गुनन्दको त्यो महान ज्ञान केही हस्तलिखित रहेको नै प्रमाणित भई आजको मानव समाजलाई सही मार्गमा डो¥याउने महान दर्शनको रुप बन्न पुग्यो ।
फाल्गुनन्द लिङ्देनको बारेमा खुलेर बताउन सक्ने प्रत्यक्षदर्शी अबको केही वर्षमा विरलै छन् । महागुरुको जीवनी प्रथम प्रकाशन रु. ३ को प्रकाशक बद्रीनन्द तुम्बापो लेखक हेमबहादुर गुरुङ र कुलानन्द दहालले २०२२ शालमा प्रकाशन गरेको पुस्तिका नै दर्बिलो ईतिहासको स्रोत बनेको छ । उक्त पुस्तक प्रकाशन गर्ने सहयोग दाताहरुको सहयोग हेर्दा सूची नै कथा जस्तो देखिन्छ । नाम नरधोज लिङ्देन (ज्योतिष नाम अनुसार) फलामसिंह आफूभन्दा अगाडिको दाईहरु केही मृत्यु हुनाले रक्षाको लागि फलामको हातमा चुरा खुट्टामा कल्ली गाउँमा सुडेनी आमैहरुलाई दिएकोले फलामसिंह नाम रह्यो । फलामको कल्ली लाउने अरुको आत्माको कुरा, बितेको घटना इतिहास, वर्तमान स्थिति र भविष्य नै सबै, प्रष्टसँग कुनै अक्षर नहेरी फलाक्न सक्ने अदभूत शक्ति हुनाले (जसमुनी पन्थका सन्त शशीधरले रवी पाँचथरमा राखीदिएको नाम फाल्गुनन्द हो ।
भारतीय सेनामा आफ्नो दाईलाई भेट्न मात्र जाँदा पल्टनमै बस्नुपर्ने, खानुपर्ने भएकोले फाल्गुनन्द पनि आफ्नो ईच्छा नभई भर्ती हुनुपर्ने सेनाको सबै तालिमपछि उहाँले आठ वर्षको बाल्यअवस्थामा प्राप्त गरेको समाधीज्ञानलाई निरन्तरता दिनुपर्ने हुनाले साँझ युन्छोदिङ सेवा, बिहान मेवानाम्बीन सेवा आफ्नो कोठामा तीन कलस तीन दियो राखी तपस्या गरिरहनुहुन्थ्यो । सबै पल्टनका जवानहरुले तपस्वी ध्यानी भनेकाले ध्यानी÷तपस्वी नाम रह्यो ।
१९८८ सालतिर पाँचथरको चोकमागु–३ लभ्रेकुटी नाम्भुनयक माङहिममा सुब्बा आमली सुभाङ्गी सबै उपस्थित हुँुदा बिहानीपख सेवा सकी माङहिम (मन्दिर)को झ्यालबाट सबैलाई ध्यानाकर्षण गराई मलाई के भनि बोलाउँछौ ? के नाम राखीदिन्छौ ? भनि प्रश्न गर्दा सबै उपस्थित तुतु तुम्याहाङहरुले तत्काल निर्णय दिन नसकी आकस्मिक बैठक बसी सत्य बोल्ने सत्य कर्म गर्ने सत् आहार विहार गर्ने भएकोले सत्यहाङमा भन्छौ या भनेर नाम दिन्छौ भन्दा स्वतः स्वीकारी सत्यहाङमा गुरु भनि नाम पुकारे सबैले चिन्ने नाम रह्यो । पछिल्लो समयमा फाल्गुनन्दले प्रचारप्रसार गरेको किरात धर्म नै सत्यहाङमा भन्ने गर्थे । तर, सत्यहाङमा केवल फाल्गुनन्दको नाम मात्र हो । उक्त नामको उपाधि अरुले दाबी गर्न पाउँदैन रहर गर्दैमा सत्यहाङमा पनि हुन सक्दैनौ ।
जन्म विसं. १९४२ कात्तिक २५ गते आईतबार पल्लो किरात मिक्लुक थुम चारखोला चुक्चिनाम्बा हाल मेची अञ्चल ईलाम जिल्ला ईभाङ गाविस वडा नं. ५ को डाँडागाउँमा भएको थियो । वंश प्रदान दिने पिताको नाम लिङदेन जगनवाज लिम्बू, जन्मविधाता आमाको नाम बेघा हंशमति लिम्बू, बाजे लिङ्देन मनगञ्ज लिम्बू, जिजुबाजे लिङ्देन निर्मलसिंह, चेप्चुबाजे लिङ्देन कुञ्जीते, राशी कुम्भ , सन्तान जेठा दाई लजहर्क, माईला राजवन्त, भाइ हर्कजङ्ग आफू साईला, आजीवन ब्रम्हचार्य त्यागी भएकोले किरात दर्शन स्थापित गर्नमा सफल हुनुभयो ।
साधारण किसानी, हुनाले उधौली–उभौली गोठ राख्ने, उधौलीको समयमा माइपारी दानावारीमा बुवाले गोठ राख्दा घरबाट सातु चामल र माघे संक्रान्तीमा कान्छी आमाले मासु बोकाई पठाउँदा माईदेवीले बोक्न खान नहुने लक्षण दिई विरामी परेको अविस्मरणीय क्षण । महागुरु फाल्गुनन्द लिङ्देन पुरुष, युग पुरुष भएर पुरुष पोशाक तागा वा हाङजाङ लाउनुपर्नेमा किरात छोरीहरुको पोशाक मेख्ली, पत्थाङ, साम्याङफुङ, कुण्डल, कण्ठा, हातमा चुरा, खराउ लगाई धार्मिक प्रचारप्र्रसार गर्नुको रहस्य बुझ्नुको सट्टा विरोध गर्ने गर्छन् । जहानिया तानशाही राणाहरुले किरात भाषालिपी संस्कृतिहरु जलाउँदै ल्याउँदा उक्त कुराहरुलाई लुकाउन र आफू पनि बाँच्नको लागि महागुरुले छोरीको पहिरन गर्नुपर्ने बाध्यता थियो ।
महागुरुले तपस्या समाधी प्राप्त गर्दा युमा देवीले नै दिएकोले सो देवीकै जस्तो पोशाक धारण गर्नुभएको हो । जुनसुकै दार्शनिक भविष्यमा हुनसक्ने सम्भावनाहरुलार्ई हेरी लोप हुन लागेको अस्तित्व जोगाउन आफैं शुरु गर्छन् । कलियुगमा किराती महिलाहरुले आफ्नो पोशाक बिर्सन्छन् भनि उनीहरुलाई सम्झाउने पाठ सिकाउन लाएको हो तथापि फाल्गुनन्दले लगाएको पोशाकमा भन्दा स्थापित गरेको मुन्धुम दर्शन अध्यानमा जोड दिनु आवश्यक छ ।
स्थापना गरेको कर्मस्थल माङहिमहरु जीर्णअवस्थामा छन् । फाल्गुनन्द लिङ्देन आफैंमा सामान्य किसान परिवारमा जन्मेर पनि राणाहरुको तानशाही प्रशासन खेप्दै कहिले राजद्रोही अभियोगको जवाफ दिंदै कहिले राजा महेन्दलाई भेटी हत्कडी तीन टुक्रा पार्ने अद्भूत शक्ति देखाउँदै पनि पल्लो किरातका विभिन्न थुमहरुमा छ वटा मन्दिर स्थापना गर्न सफल भएको इतिहास छ ।
विडम्बना सबै माङहिमहरु जीर्ण अवस्थामा छन् । महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभुति घोषणा गरेता पनि उहाँले स्थापना गरिराख्नुभएको अचल सम्पति विश्वशान्तिको प्रतिमास्वरुप अखण्ड द्विप प्रज्वलीत हुने मन्दिरहरु जीर्ण अवस्थामा पुगेका छन् जुन मन्दिरहरुले निर्माण गर्ने महान अनुदान दाताको पर्खाईमा झ्याउ पलाएका अवस्थामा छन् ।
महागुरुले आफ्नो अन्तिम मृत्युको घडी समेत थाह पाइसक्नु भएकोले आफ्नै जन्मगाउँ चुक्चीनाम्बाबाट रवि हँुदै बाटो लाग्दा चेलाहरुले नबुझ्नाले हिमाल पुगी आफ्नो अन्तिम प्राण त्याग्ने ईच्छा हँुदाहँुदै पनि पाँचथरको इम्बुङ गाविस वडा नं. ८ हाङयकमा २००५ साल चैत्र २२ गते देहान्त भई सिलौटिको ध्वजे डाडामा तीन दिनपछि अन्तिम दाहसंस्कार गरियो ।
सो समाधिस्थल हाल नेपाली सेनाको घेराभित्र भएकोले किरातधर्मावलम्बीहरुले प्रत्यक्ष दर्शन गर्न असहज भएकोले सो ठाउँबाट सेना हटीदिए सहज वातावरण बन्ने किरात धर्मावलम्बीहरुको माग छ । किरातीहरुको मुख्य तीर्थस्थलको रुपमा १९६३ सालमा प्रथम याजा शुरु गरी किरात जातिहरु सके तीन पटक नसके जीवनमा एकपटक अनिवार्य जाने र सिद्धिशक्ति मागे आफू मुक्ति मिल्ने उपदेश गर्नुभएको छ ।
१६औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दलाई सरकारले कागजी श्र्रेस्तामा राष्ट्रिय विभूति घोषणा गरी मौन बस्नु सिंगो नेपाली जनतालाई नचिनाउनु जस्तै हो । फाल्गुनन्दका आफ्ना सिमित अनुयायीहरुले केहीले सत्यहाङमा साधु भनि माछामासु, जाँडरक्सी खान नछोड्नु, केहीले नामै सुन्न नचाहनु, केही फाल्गुनन्द मात्रै मान्ने भनेर कार्यसपनालाई विकास परिवर्तनमा लाग्नुको अलावा पुरानै विकृति रितिरिवाजमा संलग्न भई बसिरहनु फाल्गुनन्द जन्मिनु र राष्ट्रिय विभूति घोषित हुनुको औचित्यपूर्ण हँुदैन । मुन्धुम साम्यो, युमा साम्योे, थेबा साम्यो, सत्यहाङमा धर्म, सुम्नीमा धर्म पारुहाङ धर्म भनेता पनि सबै किरात धर्मले नै समेट्न सक्छ । फाल्गुनन्दको सपना विश्व शान्ति मानव एकता पूरा हुनेछ ।


























