बिर्तामोड।
जमिअत उलमा ए झापाको अध्यक्षमा मौलाना मोहम्मद एहसानुल हक चयन भएका छन् ।
संस्थाको प्रथम अधिवेशनले हकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित समितिको नि वर्तमान अध्यक्ष एजाज अहमद अन्सारी, उपाध्यक्ष हाफिज नुर आलम, सचिव मौलाना आफताब अहमद शेख, कोषाध्यक्षमा मौलाना जाफर शेख रहेका छन् ।
त्यस्तै सदस्यहरुमा मोहम्मद अबसार शेख, फिरोज ठकुराई मिया, मौलाना अकवर आलम, मुफती मोहम्मद इरसाद रहेका छन् । जमिअत उलमा ए झापाका अध्यक्ष एजाज अहमद अन्सारीको अध्यक्षता तथा सांसद राम कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मुफती सहजाज अक्रमले स्वागत गरेका थिए ।
कार्यक्रममा प्रदेश सांसद एकराज कार्की, संविधान सभा सदस्य शुधिरकुमार शिवाकोटी, बिर्तामोड– १ का वडाध्यक्ष अग्नीप्रसाद पाण्डे, राष्ट्रिय मुस्लिम जनाधिकार मञ्चका अध्यक्ष सलिम अन्सारी, जमिअत उलमा ए का केन्द्रीय महासचिव खालिद सिद्धिकी, मोरङका अध्यक्ष मौलाना अब्दुल सुभान, नेकपा जिल्ला सदस्य मर्गुव आलमले शुभकामना दिएका थिए ।
कार्यक्रममा सहभागीले मुस्लिम चाडपर्वमा विदा दिनुपर्ने, सरकारी विद्यालयमा उर्दू भाषाको पठनपाठन गराउनुपर्ने, सरकारी विद्यालयमा विद्यार्थीहरुले कुर्ता–सरवाल लगाउन पाउनुपर्ने, मदरसा शिक्षालाई व्यवस्थित गरिनुपर्ने माग गरेका थिए ।
सोही कार्यक्रममा मुस्लिम समुदायबाट जनप्रतिनिधिमा निर्वाचित भएको भन्दै बाह्रदशी–५ का वडाध्यक्ष समिम मियालाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन अब्दुल वासिकले गरेका थिए ।