सहकारीको कार्यक्रममा ४२ जनाद्धारा रक्तदान

0
444

बिर्तामोड ।

झापाको बिर्तामोड ४ स्थित सञ्जिवनी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाको १२ औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत झापामा भइरहेको रगतको अभाव टार्न रक्तदान गरिएको सञ्जिवनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष यामकुमार चुडालले बताए ।

नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ४२ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा व्यवसायी तथा रेडक्रसकर्मी ओमप्रकाश लुईंटेलले ६९ औं पटक रक्तदान गरेका थिए भने संस्थाका अध्यक्ष चुडालले छैठौँ पटक रक्तदान गरेका थिए ।

सञ्जिवनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष यामकुमार चुडालको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष दिनेशकुमार सुवेदीले स्वागत गरेका थिए ।

कार्यक्रममा समिट माइक्रोफाइनान्स वित्तिय संस्थाका अध्यक्ष तीर्थराज ढकाल लगायतले शुभकामना दिएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव मेघराज वास्तोलाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here