जामुनाबारी वन समूहको २४ औं सभा

0
877

सुरुङ्गा ।

जामुनाबारी सामुदायिक वन उपभोक्ता समूह तथा जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

समूहका अध्यक्ष ख्यामराज सिटौलाको अध्यक्षता र झापा क्षेत्र नं. ४ का प्रदेशसभा सदस्य माननीय हीराकुमार थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा केही महिना अघि जंगली हात्तीको आक्रमणबाट मृत्युवरण गरेका उक्त वन समूहका उपभोक्ता ओमनाथ खनालका परिवारजनलाई नेपाल सरकारबाट प्राप्त राहत रकम १० लाख हस्तान्तरण गरिएको थियो ।

कनकाई सामुदायिक वन समूह सुरुङ्गाका अध्यक्ष ख्यामप्रसाद ओली, सब–डिभिजन कार्यालय सुरुङ्गाका सहायक वन अधिकृत ओम भट्टराई, कनकाई नगरपालिका वार्ड नं. १ अध्यक्ष रोशनराज पोखरेल लगायतको आतिथ्य रहेको कार्यक्रममा कनकाई नगरपालिका वार्ड नं. २ का अध्यक्ष एवम् सो वन समूहका पूर्व अध्यक्ष परशुराम गिरी, सामुदायिक वन उपभोक्ता महासंघ झापा अध्यक्ष वेदप्रकाश भण्डारी, डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरे, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल लगायतले वातावरण संरक्षण र पर्यटन प्रबद्र्धनका क्षेत्रमा बढी मौलिक र नवीन ढंगले योजना निर्माण गर्न र आम उपभोक्ताको साथ लिएर कार्यान्वयन गर्न सुझाव दिएका थिए ।

सो अवसरमा वन समूहको क्षेत्रभित्र रहेका सरस्वती मावि र पञ्चकन्या प्राविलाई सम्मान गरिएको थियो । सरस्वती माविको सम्मान पत्र सहायक प्रधानाध्यापक निर्मलकुमार खनाल र पञ्चकन्या प्राविको सम्मानपत्र शिक्षक मिना रिजालले ग्रहण गरेकी थिइन् ।

त्यसैगरी, सञ्चार क्षेत्रद्वारा वातावरण संरक्षण र पर्यटन विकासमा पु¥याएको योगदानका लागि सञ्चारकर्मीहरु सावित्रा दाहाल र मनकुमार नेम्बाङ्ग (मोहन) लाई नगदसहित सम्मान गरिएको थियो । त्यही क्रममा धनबहादुर मगर, पृथ्वीबहादुर बस्नेत (कुमार) र गोविन्द बस्नेतलाई उत्कृष्ट कर्मचारीको रुपमा नगदसहित सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । वन समूहको सेवाक्षेत्रभित्र रहेका फरक क्षमता भएका कर्णबहादुर राई, चन्द्रबहादुर राई र निकिता चौधरीलाई पनि नगदसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष सिटौलाले आ.व. २०७५÷०७६ को समीक्षा र आ.व. २०७६÷०७७ को कार्ययोजना समेटिएको वार्षिक प्रतिवेदन, उपाध्यक्ष धननारायण श्रेष्ठद्वारा प्रस्तुत आ.व.२०७६÷०७७ को अनुमानित आय–व्यय समेटिएको बजेट, कोषाध्यक्ष बुद्धिमान बोहोराद्वारा लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरिएका थिए ।

त्यसै गरी, कार्यालय सचिव अम्बरबहादुर चौहानद्वारा विधान संशोधन–२०७६ र कर्मचारी प्रशासनिक नियमावली–२०७६ प्रस्तुत गरिएका थिए । सबै प्रतिवेदन र प्रस्तावहरु साधारणसभाको बन्दसत्रले पारित गरेको लेखा समिति संयोजक गंगा खवासले जानकारी दिए । समूहका उपाध्यक्ष दिलकुमार राईले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव मनिता राईले सञ्चालन गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here