विश्वकर्मा समाजद्वारा महोत्सवमा खानेपानीको व्यवस्थापन

0
660

झापा।

नेपाल सरकारको पूर्व निर्धारित ‘पर्यटन भ्रमण वर्ष २०२०’ मनाउने तयारी गरिरहेका वेला महाभारतकालिन इतिहाससँग जोडिएको धार्मिक तथा पर्यटकीयस्थल सताक्षीधाममा आयोजित धार्मिक महोत्सव एवं १०८ कुण्डीय कोटिहोममा सहभागीता जनाउनेको संख्या दिन प्रतिदिन बढ्दो छ ।

कात्तिक २७ गतेदेखि मंसीर ९ गतेसम्म हुने धार्मिक महोत्सवमा नेपाल सहित विभिन्न देशका नेपाली भाषिले धामको अवलोकन गर्दै महोत्सवमा सहभागीता जनाएका छन् । महोत्सवमा नेपाल, भारत, सिङ्गापुर, अमेरिका, जर्मन, मालदिम्स, अफ्रिका, भुटान, वर्मा, लगायतका देशबाट समेत हिन्दु धर्मावलम्बी ठूलो संख्यामा सहभागी हुने आयोजक समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख सोम पोर्तेलले जानकारी दिए ।

अध्यक्ष पोर्तेलले नेपालका कम्तीमा ५ लाख र विदेशका २० हजार पर्यटकले महोत्सवको अवलोकन गर्ने अपेक्षा गरिएको बताएका छन् । उनले महोत्सवबाट समाजमा धार्मिक सहिष्णसता कायम हुने, कानूनद्वारा नै जातीय भेदभावको अन्य भएको त्यसलाई व्यवहारिकतामा लान समेत सहज हुने बताएका छन् ।

धार्मिक पर्यटनका हिसाबले झापालाई चिनाउन समेत महोत्सवले सहयोग पु¥याउने उनको बुझाई छ । झापा धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएको जिल्ला मध्येको एक हो झापा उनले भने – यहाँ थुप्रै ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र छन् त्यसमा पनि यो क्षेत्रको छुट्टै महत्व छ त्यसलाई यो महोत्सवले अझ पछिल्लो पुस्तालाई वुझाउन सहज हुन्छ ।

धार्मिक महोत्सवमा श्रीमद् देवीभागवत् कथा बाचन भइरहेको पिठाधीस आचार्य नन्दकिशोर भारद्वजले जानकारी दिए । यसैबीच महोत्सवमा आउने भक्तजनका लागि विश्वकर्मा एकता समाजले शुद्ध खानेपानीको व्यवस्था गरेको छ । महोत्सव परिसरमा नै पिउने पानीको स्टल राखेर आउने आगन्तुकलाई पानी उपलब्ध गराउँदै आएको समाजका १ नम्वर प्रदेश अध्यक्ष गोपाल लकान्द्रीले बताए ।

समाजका प्रदेश उपाध्यक्ष गोपाल लुवागुनले महोत्सवमा पानीको अभाव भएपछि सहज रुपमा पानी खान सक्ने व्यवस्था मिलाएको बताएका छन् । उनले सदिऔंदेखि उत्पीडनमा परेका आफूहरुले यसखाले महोतसवमा पानी वितरण गर्न र सबैलाई शुद्ध पानी पु¥याउन सक्ने व्यवस्था मिलाएको प्रति आयोजक समितिलाई धन्यवाद समेत दिएका छन् । त्यस्तै समाजका १ नम्वर प्रदेश सचिव गोपाल लकान्द्रीले महोत्सवलाई सफल बनाउन आफ्नो समाजको तर्फबाट सहयोग पु¥याएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here