खानेपानीको निर्वाचनमा यसकारण हाम्रो उम्मेदवारी: उपभोक्तालाई पर्याप्त पानी पु¥याउँछौं’-जलकुमार गुरुङ :अध्यक्ष पदका उम्मेदवार, लोकतान्त्रिक समूह

0
992

बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आगामी मंसीर २५ गते नयाँ कार्यसमिति चयनका लागि निर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि लोकतान्त्रिक समूह र प्रगतिशील प्यानलले आइतबार उम्मेदवारी दर्ता गराएका छन् । लोकतान्त्रिक समूहबाट जलकुमार गुरुङको नेतृत्वमा उम्मेदवारी घोषण गरिएको छ भने प्रगतिशील प्यानलबाट ज्ञानुराम प्रसाईंको नेतृत्वमा उम्मेदवारी घोषण गरिएको छ । दुबै समूहले जित्ने दाबी गरिरहेका छन् । यसै सन्दर्भमा दुबै समूहका अध्यक्षका उम्मेदवारसँग गरिएको कुराकानीको सम्पादित अंश :

‘पाइपलाइन बिस्तार गरी उपभोक्तालाई पर्याप्त पानी पु¥याउँछौं’
जलकुमार गुरुङ : अध्यक्ष पदका उम्मेदवार, लोकतान्त्रिक समूह

साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्ष पदका लागि तपाईको उम्मेदवारी किन ?
– बिर्तामोड खानेपानीका लागि मेरो लगाव छ । त्यो आम उपभोक्ताले देखेका छन् । यहाँका उपभोक्ताले मलाई हिजोका दिनमा सदस्य हुँदै दुई कार्याकालसम्म सचिवको जिम्मेवारी निर्वाह गर्ने अवसर दिए । त्यो बेलादेखि नै मैले गरेको काम रुचाएर होला मलाई अध्यक्ष समेत बनाए ।

फेरि पनि बिर्तामोड खानेपानीलाई उत्कृष्ट बनाउन जलकुमार गुरुङ नै चाहिन्छ भन्ने सबैको भावना रहेछ । म अध्यक्ष हुँदा मात्र खानेपानी उत्कृष्ट हुने होइन । तर, हिजोका दिनमा मैले गरेको देन यहाँका उपभोक्ताले मूल्याङ्कन गरेका रहेछन् । खानेपानीलाई राम्रो तुल्याउन दिनरात खटेर गरेको अथाह मेहनतका कारण आज मलाई यही बिर्तामोड नगरबासी, अर्जुनधाराका आम उपभोक्ताले खानेपानीमा फेरि पनि जलकुमार चाहिन्छ भनेकाले मेरो उम्मेदवारी हो ।

हिजोका दिनमा तपाईले के–के चामत्कारिक काम गर्नुभयो र रुचाएका होलान् उपभोक्ताले ?

– तपाईलाई पनि थाह नै छ धेरै लामो समयसम्म यहाँका उपभोक्ताले शुद्ध खानेपानी प्रयोग गर्न पाइरहेका थिएनन् । २०५१ सालमा संस्था स्थापना भए पनि मुस्किलले यो संस्था चलेको थियो । बिर्तामोड खानेपानीका अभिभावक टोरुप प्रसाईको देनका कारण आज हामी यो ठाउँमा छौं र यो गर्छाैं त्यो गर्छाैं भनिरहेका छौं । हिजोका दिनमा टोरुप प्रसाईले खानेपानीका लागि यस्तो त्याग र समर्पण नगरेको भए आज पनि बिर्तामोडमा खानेपानीको लागि समस्या उस्तै हुन्थ्यो होला । खानेपानीका लागि जब संस्था स्थापना भयो ।

विस्तारै सबैतिर पानी पु¥याउन थालियो । बिर्तामोड दिन प्रतिदिन सहरीकरण हुँदै गयो । पानीको माग पनि बढ्दै गयो । सधँै खानेपानीको अभाव हुँदै गयो । त्यस्तो अवस्थामा पनि मेरो नेतृत्वको टिमले बिर्तामोडलाई सधै सफा र शुद्ध खानेपानी २४ संै घण्टा उपलब्ध गराउन सफल भएको बिर्तामोडबासीका लागि छर्लङ्ग छ । पहिला एकतले दुईतले घरमा पनि पानी पुग्दैन थियो । अहिले पाँच–छ तले घरमा पनि पानी सहजै चलेको छ । अहिले हामीले गरेको काममा यहाँका उपभोक्ता पूर्णरुपमा सन्तुष्टि छन् ।

चुनाव जित्ने आधार चाही के छ तपाईको ?

– मेरो जित्ने आधार भने कै उपभोक्ता हो । उपभोक्ताले नै मलाई पुनः एकपटक अध्यक्षमा उठ भनेकाले अध्यक्षका लागि उम्मेदवारी हो । यदि उपभोक्ताले मलाई साथ दिएका थिएनन् भने म जबरजस्ती उठेर मात्रै हुँदैन थियो ।

त्यसकारण आम उपभोक्ताले मलाई रुचाएका कारण म अध्यक्षका लागि एक पटकलाई चुनावी मैदानमा आएको हुँ । अहिलेको कार्यसमितिले गरेको काम कर्तव्यकै कारण खानेपानी विगत दुई वर्षदेखि देशमै उत्कृष्ट छ । यदि हामीले नराम्रो काम गरेका थियांै भने हामीलाई उपभोक्ताले खबरदारी गरिहाल्नु हुन्थ्यो नि । आम उपभोक्ताको साथकै कारण मलाई चुनाव जित्न समस्या छैन ।

आफ्ना प्रतिष्पर्धीलाई कुन रुपमा लिनुभएको छ नि ?

– असान्र्दभिक कुरा गरेर हुँदैन । निर्वाचनमा प्रतिष्पर्धा हुन्छ नै । यो राजतीतिक गर्ने थलो होइन । उपभोक्ताको मन जसले जितेको छ उसलाई रुचाइएको हुन्छ । तसर्थ, ज्ञानुजी आफ्नै एजेण्डा लिएर हिँड्नु भएको छ, म आफ्नै एजेण्डामा छु । मेरो एजेण्डा भनेकै आम उपभोक्ताको घरमा कसरी सहज र सरल रुपमा पानी पु¥याउन सकिन्छ भन्ने नै हो । झट्ट सुन्दा पानीमा पनि राजनीति भन्ने सुनिन्छ ।

तर, प्रतिष्पर्धा आवश्यक छ । अहिले कराएर उफ्रिएर मात्र हुँदैन प्रविधिको जमाना छ । कसरी उपभोक्तालाई पर्याप्त पानी पु¥याउने भन्ने विषय चाहीँ प्राथमिकता हो । यहाँ नाराले मात्र हुँदैन । यथार्थ कुरा बुझेका छन् जनताले । तसर्थ, उहाँले गरेको कुरामा खास तुक छ जस्तो लाग्दैन मलाई ।

भावी योजना चँही के छ नि तपाईको ?

– बिर्तामोड खानेपानीमा छ हजार पाँच सय उपभोक्ताको संख्या छ अहिले । बिर्तामोडको १,२,३,४,५,६ र ७ को पनि केही भाग र अर्जुनधाराका केही भागमा पानी पुगेको अवस्था छ अहिले । अब भावी योजना भनेको बिर्तामोडको सबै वडा र अर्जुनधाराको दक्षिणी क्षेत्र सबै ठाउँमा पानी पु¥याउने लक्ष्य छ हाम्रो । बिर्तामोडका १० वटै वडामा पाइपलाइन थप्ने । यो खानेपानीको १७औं साधारण सभामै मैले भनेको कुरा हो ।

यसका लागि एकीकृत योजना पनि बनेको छ । अहिले म सुन्दैछु पानीको महशुल महँगो भन्ने कुरा । तर, यहाँ पानी चलाउन नजानेर महशुल महँंगो भएको हो । किनभने मिनिरल वाटरभन्दा राम्रो पानीले घर भिजाइन्छ । बारीमा सागसब्जीका लागि पटाइन्छ । त्यो भएर पनि जति बढी पानीको प्रयोग गरियो उति नै महशुल तिर्नुपर्छ । पानी चलाउन नजान्दा यो सदस्य आएको हो । यहाँको पानी सबभन्दा सस्तो छ । तर, पनि बुझाइ गलत भएका कारण महँगो भनिएको हो । हामी अब पानी कसरी प्रयोग गर्ने भन्ने विषयमा पनि आम उपभोक्तालाई सचेत गराउँछौं ।

अर्काे कुरा बिर्तामोडमा अहिले चारवटा ट्याङ्की छन् । जुन ट्याङ्कीले मात्र अझैं पर्याप्त पानी पु¥याउन सकिरहेको छैन । अब नयाँ बसपार्क क्षेत्रमा छुट्टै अर्काे पानी ट्याङ्की निर्माण गर्ने पक्षमा छौं हामी । जसका लागि काम भइरहेको छ । यसो गर्दा हामीलाई आवश्यकपर्ने पानी सहज रुपमा उपलब्ध गराउन सहयोग पुग्छ ।

खानेपानीमा राजनीतिक भएन र अहिले ?

– संस्थापक अध्यक्ष टोरुप प्रसाईले २० वर्षसम्म खानेपानीको अध्यक्ष चलाउन भयो । त्यो बेला राजनीति थिएन । उपभोक्ता आफैं समिति बनाउँथे । तर, यसपालीबाट त्यो अवस्था रहेन । यसले खानेपानीलाई सही दिशातर्फ लान्छ जस्तो चाहीँ पटक्कै लागेको छैन ।

मतदातालाई के भन्नुहुन्छ ?

– विगतका दिनमा हामीले खानेपानीलाई जुन ढंगले अगाडि बढायौं त्यसलाई अझ राम्रो गतिमा लाने हाम्रो सोच छ । हिजोका दिनमा हामीसँग सबै खुशी हुनुहन्थ्यो । अहिले पनि त्यति नै खुशी हुनुहुन्छ भन्ने विश्वासमा म छु । आगामी दिनमा अझ यो संस्थालाई कसरी उत्कृष्ट बनाएर लने भन्ने चिन्ता छ । फेरि पनि म मात्र होइन हाम्रो समूहलाई विजयी गराउन मद्दत गर्नुभयो भने आर्थिक पारदर्शीतालाई चुस्त राख्छौं ।

संस्थाको वेबसाइट निर्माण गरी संस्थाका गतिविधिलाई वेबसाइटबाट व्यवस्थित गर्छाैं । पानी परीक्षणका लागि ल्यावलाई थप व्यवस्थित गर्न दक्ष जनशक्ति तयार गर्छाैं । त्यसैले फेरि एकपटक हामीलाई भोट दिएर विजयी बनाउन म सम्पूर्ण मतदाता उपभोक्तालाई आग्रह गर्दछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here