लागु औषध दुव्र्यसन सम्बन्धी सचेतना फैलाउँदै न्यू होप सगरमाथा टिन्स क्लब

४ पुष २०७६, शुक्रबार मा प्रकाशित

अर्जुनधारा ।

प्रदेश सरकारले सञ्चालन गरेको “म अघि बढ्छु” भन्ने अभियान अन्र्तगत झापाको अर्जुनधारा–३ न्यू होप अङग्रेजी आवायिस माध्यमिक विद्यालयले न्यू होप सगरमाथा टिन्स क्लब गठन गरेको छ ।

लागूऔषध दुव्र्यसन रहित स्वस्थ्य र समुन्नत समाज निर्माण गर्ने प्रदेश सरकारको दिर्घकालिन सोच अनुसार कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुलाई संगठित गरि उक्त क्लब गठन गरिएको विद्यालयका शिक्षक नायक हेम रिजालले बताए ।

नवगठित क्लबको अध्यक्षमा पूष्पा जोगी, उपाध्यक्षद्धयमा पूजा ढकाल र रोहन तामाङ, सचिवमा शुभेच्छा नेपाल, कोषाध्यक्षमा आर्जु दाहाल र सदस्यहरुमा कृशला राई, चन्द्रकुमार सिन्च्युरी, जुनिता लिम्बू, निशा शाह, पंकज घिमिरे, प्राश्ना काफ्ले, प्रेसण आचार्य, शितल कार्की, शिशिर गुरुङ र सुजन घिमिरे चयन भएका छन् ।

क्लबले लागू औषध सम्बन्धी सचेतना कार्यक्रम हप्तामा एक दिन विद्यालयमा र महिनाको एक दिन समुदायमा सञ्चालन गर्ने बताइएको छ । यसैबिच क्लबको आयोजनामा लागु औषध दुव्र्यसन सम्बन्धी एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

क्लबकी अध्यक्ष जोगीको अध्यक्षता र विद्यालयका प्रधानाध्यापक चुँडामणी खतिवडाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य सचिव नेपालले व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि प्रधानाध्यापक खतिवडा, सहायक प्रधानाध्यापक लीलाप्रसाद नेपाल, स्वास्थ्य विषयका शिक्षक लोकनाथ घिमिरेले कार्यक्रमको विषयमा सहजिकरण गरेका थिए ।

क्लबका उपाध्यक्ष तामाङ, कोषाध्यक्ष दाहाल र सदस्य घिमिरेले मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन शिक्षक नायक रिजालले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here