बिर्तामोडमा खाना महोत्सव

0
888

बिर्तामोड ।

उद्यमी संघ नेपाल झापाको आयोजनामा बिर्तामोडमा खाना महोत्सवको तयारी गरिएको छ ।

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर स्थानीय खानाको प्रवद्र्धन गर्ने उद्धेश्यले बिर्तामोडमा शनिवार खाना महोत्सवको आयोजना गरिएको महिला उद्यमी संघ नेपाल झापाकी अध्यक्ष गोमा भट्टराईले बताइन् ।

महोत्सवमा ढिँडो , गुन्द्रुक, सेलरोटी , खीर , अचार, सव्जी, फापरको पकौडा, सिस्नोको पाउडरको सुप लगायत उपलव्ध गराइने महिला उद्यमी संघ नेपाल झापाकी सचिव नैनकला भट्टराईले बताइन् ।

बिर्तामोडस्थित वनस्टप मलमा हुने महोत्सवमा एक सय रुपैयाँमा खाना उपलव्ध गराइने र उक्त महोत्सवबाट संकलित रकम खर्च कटाएर महिलाहरुलाई आयमुलक सीप प्रदान गरिने उनले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here