स्वर्ण महोत्सबसंगै धार्मिक सम्मेलन गर्दै श्रीकृष्ण प्रमामी मन्दिर

0
1127

बिर्तामोड,

बिर्तामोड नगरपालिका – २ चारपानेमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा श्री १०८ श्रीमत्तारतम सागर पाठ पारायण –वाणीचर्चा) श्रमद्भागवत ज्ञान महायज्ञ हुने भएको छ ।


फागुन २१ गते वुधधवारदेखि फगुन २७ गते होली पूर्णिमासम्म श्रीकृण कथामाा आधारित महामहोत्सव हुन लागेको शनिनवार पत्रत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिइयो । पत्रकार सम्मेलनमा बाबा श्री गोपिदास स्मृति सभा, कलसश आामवरण, तथा जग्गा दाता श्री खम्वशीं बस्नेत र श्रीमती जानुका बस्नेतबाट जग्गा प्रााप्त भएको ५० वर्षको उपलक्ष्यमा सन्न सम्मेलन, विद्वत गोष्ठी,, धर्मचर्चा, विविध धार्मिक तथा सास्कृतिक कार्यक्रम गर्न लागिएको जानकारी दिइयो ।
श्रीकृष्ण प्रणामी मन्दिरले स्थापनाको ५० वर्ष प्रवेश संगै स्वर्ण महोत्सवको तयारी समेत गरिरहेको छ । मन्दिरले भ्रमण वर्ष २०२० लाईसमेत प्रवद्र्धन गर्ने गरी स्वर्ण महोत्सवको अवसरमा साताव्यापी विविध धार्मिक तथा सामाजिक सेवामूलक कार्यक्रम गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
स्वर्ण महोत्सव समारोह मूल आयोजक समितिले कार्यक्रमहरुका बारे जानकारी गराइएको थियो । समितिका अध्यक्ष युवा सन्त डा. जगतनन्दन शास्त्रीजी महाराजको अध्यक्षतामा आयोजित सम्मेलनमा समितिका महासचिव शारदाप्रसाद थपलियाले आयोजना गरिने कार्यक्रमहरुका बारे जानकारी दिएका थिए ।
फागुन २१ गते विहान स्वर्ण महोत्सव शुभारम्भ हुने बताइएको छ । विहान ९ बजे कलशयात्रापछि ११ बजेदेखि श्री १०८ तारतम सागर पाठ पारायण शुभारम्भ हुनेछ १२ बजे स्वर्ण महोत्सव स्तम्भ समुद्घाटन तथा बाबा श्री गोपीदास स्मृतिसभा एवम् कलश अनावरणको कार्यक्रम रहेको छ । दिउँसो २ बजे मञ्चको कार्यक्रम समुद्घाटन हुनेद्ध भने प्रमुख अतिथिको रुपमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई निमन्त्रणा गरिएको महासचिव थपलियाले जानकारी दिए । तारतम पाठपारायणको समुद्घाटन श्रीकृष्ण प्रणामी धर्माचार्य अनन्त विभूषित जगतगुरु आचार्य श्री १०८ कृष्णमणिजी महाराज श्री ५ नवतनपुरीधाम जामनगरको करकमलबाट हुनेछ । उनको स्वागतार्थ प्रणामी सुन्दरसाथहरु काँकरभिट्टामा भेला हुने रर त्यहाँबाट बाजागाजाका साथ महाय१स्थलमा ल्याइने कार्यक्रम रहेको छ ।
अन्तर्राष्ट्रियस्तरको बनाइने सो धार्मिक तथा सामाजिक अनुष्ठानमा देश–विदेशबाट श्रीकृष्ण धर्मावलम्बी निजानन्द सम्प्रदायका हजारैं भक्तजन एवम् सन्त महाराजहरुको आगमन हुने बताइएको छ ।
महोत्सव अवधिभर दैनिक सेवा पूजा, मंगल आरती, ध्यान, चिन्तन, योग, मंगलाचरण, पुष्पाञ्जलि, वाणी चर्चा, विभिन्न विद्वानहरुद्वारा धार्मिक प्रवचन, वाणी गायन, भजन–कीर्तन, गरिने अध्यक्ष डा. जगतनन्दन शास्त्रीजी महाराजले जानकारी दिए
यसैगरी, वहत स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, दैनिक रुपमा सहयोगदाता, समाजसेवी महानुभावहरुलार्य सम्मानको कार्यक्रम पनि रहेको छ भने सामहिक उपनयन र गुन्यूचोलीको कार्यक्रम पनि रहेको बताइएको छ ।
महोत्सव सम्पन्न गर्न विभिन्न उपसमिति गथन गरिएको र ती समितिहरुले आफ्नो जिम्मेवारीलाई अघि बढाइसकेको महासचिव थपलियाले जानकारी दिए ।
दातहरुबाट आर्थिक संकलन गरी सम्पन्न गर्न लागिएको उक्त बृहद धार्मिक अनुष्ठान सम्पन्न गर्न ५० लाखदेखि ६० लाख रुपैयाँ खर्च अनुमान गरिएको आयोजकले जनाएको छ । सो कार्यका लागि संघीय, प्रदेश र स्थानीय सरकारले पनि सहयोग गर्ने बचन दिएको थपलियाले जनाए ।
महोत्सव सम्पन्न गर्न जिल्लाका श्री कृष्ण प्रणामीअन्तर्गतका मन्दिर तथा समितिहरु, श्रीकृष्ण प्रणामी युवा परिषद, श्रीकृष्ण सेवा परिषदलगायतका समितहरुले सक्रिय सहभागिता जनाइरुहेको पनि बताइएको छ ।
वि. सं २०२६ सालमा दानवीर तत्कालीन रापंस स्व. खम्बसिंह वस्नेत र धर्मपत्नी जानुका वस्नेतले ५ कट्ठा १० धुर जग्गा दान गरेपछि मन्दिर स्थापना भई धार्मिक कार्यक्रमहरु हुँदै आएको छ भने दाताहरुको सहयोगमा मन्दिर परिसरमा १८ वटा शयनकक्ष, ३ वटा भव्य हल, पर्याप्त शौचालयको पनि व्यवस्था रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here