कथा
भूवन तामाङ,
हिउँदको पारिलो घाममा एक सार्वजनिक स्थलमा एक साहित्य कार्यक्रम भइरहेको छ । दर्जनांै साहित्यकारहरु आप्mना साहित्य रचनाहरु बाचन गरिरहेका छन् । कोही कविता, कोही गजल, कोही मुक्तक, कोही कथा, कोही निबन्ध सुनाइरहेका छन् ।
कतिपय साहित्य सिर्जनाहरु जनजीवन, जीवन शैली, सुख, दुःखसँग सम्बन्धित हुन्छन् । कतिपय सिर्जनाहरु देशको समसामयिक विषयसँग सम्बन्धित हुन्छन् । कतिपय सिर्जनाहरु राजनीतिज्ञ, राजनीतिक पार्टी, तिनका कार्यशैली र चेनताका बारेमा केन्द्रित हुन्छन् । कतिपय साहित्य सिर्जनाहरु धर्म, संस्कृति, संस्कार, भाषा, शिक्षा, प्रविधि, कृषि, सम्पदा, प्रकृति आदिका बारेमा केन्द्रित हुन्छन् ।
साहित्य कार्यक्रम अत्यन्त सफल भएको आयोजक पक्षको दाबी रहन्छ । साहित्य कार्यक्रममा प्रस्तुत सिर्जनाहरुले समाज र देशका लागि मार्गदर्शन प्रदान गरेको भाव व्यक्त गरिन्छ । समाज र देशमा व्याप्त विकृति विसंगति, आर्थिक अनियमिता, भ्रष्टाचार र नैतिक पतनको चिरफारका साथै स्वच्छ र सदाचारयुक्त वातावरण निर्माणका उपाय सुझाइएको स्वीकारिन्छ ।
इतिहास खोतल्दै, वर्तमान दर्शाउँदै र सुदूर भविष्यका लागिसम्म मार्गदर्शन केवल साहित्यले मात्र दिनसक्ने विचार व्यक्त हुन्छन् । आयोजक पक्ष, साहित्यले आप्mनो स्थानीय क्षेत्रको आँखा खोलिदिएको भाव दर्शाउँदै साहित्यकारहरुलाई हार्दिकताका साथ विदाइ गर्दछन् । साहित्यकारहरु आ–आप्mना बाटो लाग्दछन् ।
टाढा घर भएका साहित्यकारको एक समूह धुलौटे बाटो हुँदै एकापसमा गफिँदै घर फर्कदै हुन्छन् । साहित्यकार समूह गइरहेको बाटोमा विपरित दिशाबाट धुलो उडाउँदै मोटरसाइकलमा एक जनप्रतिनिधि आइरहेका हुन्छन् । सडकमा एक हुल मानिसहरु देखेर जनप्रतिनिधि आश्चर्यमा पर्दछन् । जनप्रतिनिधि बाटो किनारमा रहेको चौतारोनिर मोटरसाइकल रोक्छन् र आपैmतिर आइरहेका मानिसहरुका समूहलाई पर्खछन् ।
चौतारोमा थकाई मारिरहेका ज्येष्ठ नागरिकलाई जनप्रतिनिधि भन्छन्– ‘मलाई थाहा नदिइकन, मलाई अतिथि नबनाइकन यी मानिसहरुले कहाँ के कार्यक्रम गरे ? मलाई कसरी बेवास्ता गर्न सकेका ? म भन्दा ठूला यी को हुन् ?’ यत्तिकैमा साहित्यकारहरुको समूह जनप्रतिनिधि नजिक आइपुग्छन् । साहित्यकार समूहका एकले जनप्रतिनिधिलाई चिन्दछन् र भन्छन्– ‘नमस्कार है जनप्रतिनिधिज्यू !’
जनप्रतिनिधि केही हडबडाउँदै भन्छन्– ‘नमस्कार नमस्कार ! अनि कहाँ पुगेर आउनु भो त ? के कार्यक्रम गरेर आउनु भो नि ?’ जनप्रतिनिधिको प्रश्नमा साहित्यकार समूहका ति व्यक्ति भन्छन्– ‘पर साहित्य कार्यक्रम गरेर फर्केको नि ।’
निस्लोट ज्वरो आएको बिरामीले सिटामोल खाएर सन्चो माने जसरी जनप्रतिनिधि लामो निश्वास तान्दै भन्छन्– ‘ए ! के–के न होला भनेको त साहित्य कार्यक्रम पो रछ । ल ल म हिँडे ।’ जनप्रतिनिधि मोटरसाइकल घुँइत्त पारेर धुलो उडाउँदै बेपत्तिए ।
साहित्यकार समूह भने जनप्रतिनिधिको कुरा सुनेर ट्वाँ पर्छन् । यत्तिकैमा चौतारोमा थकाई मारिरहेका एक ज्येष्ठ नागरिक भन्छन्– ‘थाहा पाउनु भो त सरहरुले ! जनप्रतिनिधिहरुको चेतना स्तर ?’ साहित्यकारहरु अवाक हुन्छन् । ज्येष्ठ पुनः बोल्छन्– ‘यस्तैहरुको बिगबिगी छ हाम्रो देशमा । ती जनप्रतिनिधिले अरु केही सोचनन् । तिनले गरेका अनियमितता, भित्रभित्रै लिएका अतिरिक्त सरकारी सुविधा, प्राकृतिक स्रोतसाधनको अवैध दोहन र बिक्री गरेका थाहा पाएकी भन्ने डर थियो तिनलाई ।
शिक्षित, विद्वानहरु समाजमा नभइदिए हुन्थ्यो भन्ने लाग्छ आजकालका जनप्रतिनिधिहरुलाई । तिनले तपाईहरुलाई औँल्याउँदै, म भन्दा ठूला यी को हुन् ? भन्दै थिए । साहित्यलाई सम्मान गर्न नजान्ने यस्ता भाइरसहरुले समाज र देशका लागि के योगदान गर्छन् ? आपैm अन्दाज गर्नुहोस् सरहरु !’
साहित्यकार समूह गलित् र थकित् मुद्रामा उही चालमा धुलो उडाउँदै चुपचाप बाटो लाग्दछन् । ज्येष्ठ आश्चर्य मान्दै आँखा तन्काउँदै घरी साहित्यकार समूहलाई हेर्छन् र घरी धुलो उडाउँदै पर पुगेका जनप्रतिनिधिलाई । अनि खुल्ला आकाशतर्पm हात पैmलाउँदै जोडले प्रश्न गर्छन्– ‘होइन यो चौतारोमा बसेर यो टोड्के कानले के–के सुन्नुपर्ने हो ?’



























