काठमाडौं ।
विश्वमा अधिकांश मुलुकमा फैलिएको कोरोना भाइरसलाई मध्य नजर गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आक्रमक कार्यक्रम नगर्ने घोषणा गरेको छ ।
सोमबार पार्टी महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसले विश्व मानव समुदायलाई ठूलो क्षति पुर्याएको र त्यसको असर र जोखिम आम नेपालीमा पनि परेकोले सारा देश एकताबद्ध भएर आफ्नो काममा लाग्न आग्रह गरेका छन् ।
उनले आफ्ना नेता–कार्यकर्तालाई पनि कोरोना महामारीविरुद्धको अभियानमा लाग्न निर्देशन दिएका छन् ।



























