रामेछापमा मिनीबस दुर्घटना हुँदा २८ जना घाइते

0
533

रामेछाप ।

मन्थलीमा मिनीबस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । काठमाडौंबाट दोलखाको जफेका लागि छुटेका बा २ ख ६८१८ नम्बर मिनीबस मन्थली नगरपालिका–६ कुनौरी मोडमा आज बिहान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । केही घाइतेलाई काठमाडौँको ट्रमा सेन्टर रिफर गरिएको छ । केही सामान्य घाइते भने उपचारपछि डिस्चार्ज भएका छन् ।

बाँकी घाइतेको तामाकोसी सहकारी अस्पताल मन्थलीमा उपचार भइरहेको छ । गाडीमा बालबालिकासहित करिब ४० जना सवार रहेको बताइएको छ ।

ब्रेक फेल भएर गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here