अर्जुनधारा–१० वडा समितिको समन्वयमा विभिन्न सामग्री वितरण

0
373

अर्जुनधारा ।

विश्वभरी महामारीकोरुपमा फैलिरहेको कोभिड–१९ रोगको संक्रमणबाट हुने जोखिमलाई नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउनको समयमा अर्जुनधारा–१० वडा समितिको समन्वयमा विभिन्न सामग्री वितरण गरिएको छ ।

वडाध्यक्ष बलदेव गोम्देनका अनुसार अत्यावश्यक सेवाका लागि बाहिर निस्कनुपर्ने व्यक्ति र ज्येष्ठ नागरिकलाई लक्षित गरी बुधबार वडामा रहेका पाँच वटा टोल विकास मार्फत् दुई हजार थान सर्जिकल मास्क वितरण गरेको जानकारी दिए ।

टोल विकास १का स्थानीय ज्येष्ठ नागरिक ज्ञानबहादुर तामाङलाई सर्जिकल मास्क लगाई उक्त कार्यक्रमको उद्घाटन गरिएको थियो । वितरण गरिएको उक्त मास्कहरुमध्ये एक हजार थान इञ्जिनियर सुशिल श्रेष्ठ र एक हजार थान औषधी व्यवसायी घनेन्द्र खनालले प्रदान गरेका हुन् ।

त्यसैगरी समितिले अर्का औषधी व्यवसायी नरेन्द्र बरालको सहयोगमा प्रदान भएको एक लाख ५० हजार बराबरको प्रेसर र सुगरको औषधी वडामा रहेका प्रेसर र सुगरका बिरामीहरुलाई हाल वितरण गर्ने कार्य भइरहेको वडा सदस्य भोला गौतमले बताए ।

त्यस्तै वडा समितिको समन्वयमा मेचीनगर–१२स्थित जुनतारा कृषि सहकारी संस्थामार्फत् वडामा रहेका कृषकहरुलाई यस अघि ५० बोरा युरीया वितरण गरिएको र थप ५० बोरा वितरण गर्ने तयारी भइरहेको बताइएको छ ।

समितिले यस अघि नगरपालिका र दाताहरुको समन्वयमा वडाका विपन्न नागरिकहरुलाई लक्षित गरी पहिलो चरणमा ५७८ जनालाई राहत सामग्री वितरण गरेको अर्का वडा सदस्य सकुन्तला बरालले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here