६० दिनका लागि अमेरिकी ग्रिनकार्ड बन्द गर्ने ट्रम्पको घोषणा

0
405

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६० दिनका लागि ग्रिनकार्ड बन्द गर्ने घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकामा स्थायी बसोबासको नयाँ अनुमति दिने काम दुई महिनासम्म बन्द गर्ने घोषणा गरेका हुन् ।

नियमित प्रेस ब्रिफिङमा ट्रम्पले भनेका छन्, ‘यो आदेश अमेरिकामा स्थायी रुपमा बस्न चाहनेहरुमाथि लागू हुन्छ र अस्थायी रुपमा काम गर्न अमेरिका आउनेहरुका लागि लागू हुँदैन ।

तर राष्ट्रपति ट्रम्पले नयाँ आप्रवासीहरुमाथि ६० दिनपछि प्रतिबन्ध लगाउने कि नलगाउने भन्ने कुरा अमेरिकी अर्थ व्यवस्थामा निर्भर गर्ने बताएका छन् । ‘यदि आवश्यक परेमा यसलाई ३० दिनका लागि या त्योभन्दा पनि धेरै समयसम्म बढाउन पनि सकिन्छ ’ उनले भने ।

उनले पहिलो प्राथमिकता अमेरिकीहरुको रोजगारी रक्षा गर्नुपर्ने भएकाले आप्रवासीहरुलाई रोक लगाउन आवश्यक रहेको बताए । उनले भने, ‘अमेरिकामा विदेशीहरुलाई बस्न रोक लगाउनका लागि कार्यकारी आदेश जारी हुँदैछ । भोलिसम्ममा तयार भएर हस्ताक्षरका लागि आउने छ । यो आदेश कठोर हुने छ ।’

उनले पहिलो प्राथमिकता अमेरिकीलाई नै दिनु नैतिक कर्तव्य हुने बताए । कोरोना भाइरसका कारण अहिले लाखौं अमेरिकीको रोजगारी गुमेको हुँदा उनीहरुको रोजगार सुनिश्चित गर्ने सरकारको नैतिक कर्तव्य भएको बताए ।

उनले अमेरिकीले जागिर गुमाउने र त्यो स्थानमा आप्रवासीलाई जागिर दिने कुरा गलत र अन्यायपूर्ण हुने बताए । उनले भने, हामी हाम्रा अमेरिकी जनतालाई बचाउन चाहान्छौं र हामी उनीहरुप्रति रक्षात्मक बन्दै जानेछौं ।’ यसअघि ट्रम्पले ट्वीटमा आप्रवासीहरुलाई अमेरिका आउन रोक लगाउने जानकारी दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here