बन्दाबन्दीमा ११ बन्दी रिहा

0
418

भक्तपुर,

बन्दाबन्दीको अवधिमा जिल्ला अदालत भक्तपुरको आदेशमा ११ बन्दी रिहा भएका छन् ।

यस अवधिमा बाल सुधारगृहमा रहेका १० र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५५ को निवेदनका आधारमा एक वर्षभन्दा कम सजाय बाँकी रहेका एक गरी ११ बन्दी रिहा भएको अदालतका श्रेस्तेदार घनेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

उहाँले लकडाउनको समयमा पनि नियमित अदालत सञ्चालन गरी बन्दी प्रत्यक्षीकरण, पक्राउ पूर्जी अनुमति, अभियोगपत्र दर्तालगायतका काम भइरहेको बताउनुभयो । अदातलमा लकडाउन अवधिभर १० अभियोगपत्र दर्ता भएको, दुई अवधि थप र दुई जरुरी पक्राउ पूर्जी जारी भएको अदालतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here