हातहातमै सामाजिक सुरक्षा भत्ता

0
826

सप्तरी,

लकडाउनमा समाजिक दूरी कायम गरी सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । नगरपालिकाले ज्येष्ठ, एकल महिला, अपाङ्गतायुक्त, दलित र बालपोषण भत्ता घरमै गएर दिने गरेको छ ।

हनुमाननगर कंकालिनी १ देखि १४ वडासम्मका टोलटोका घरघरमै पुगेर हातहातमा नै भत्ता वितरण गरिएको नगरपालिका अध्यक्ष शैलेशकुमार शाहले बताउनुभयो ।

स्थानीय तहलाई स्वास्थ्य सामग्री

गैरसरकारी संस्थाको समन्वयमा सप्तरीका तीन स्थानीय तहलाई बिहीबार स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

सप्तरीसँग सीमा जोडिएका प्रदेश नं १ को उदयपुरमा तीव्र रुपमा फैलिँदै गएको कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राखी राजगढ र विष्णुपुर गाउँपालिका तथा डाक्नेश्वरी नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको जनाइएको छ ।

वेल्टहङ्गर हिल्फेको आर्थिक सहयोगमा आसमान नेपाल, फरवार्ड नेपाल, दलित सरोकार मञ्च र महुली सामुदायिक विकास केन्द्रको समन्वयमा संस्थाका प्रतिनिधिले सामूहिक रुपमा ती स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्रण गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here