प्रदेशसभा सदस्यद्वारा रु ९० हजार सहयोग

७ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

तानसेन,

प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य युवराज खनालले पाल्पाका तीन स्थानीय तहलाई रु ३१–३१ हजार सहयोग प्रदान गर्नुभएको छ ।

सदस्य खनालले विपन्न वर्गका लागि रामपुर नगरपालिका तथा निस्दी र पूर्वखोली गाउँपालिकाले स्थापना गरेका विपद् व्यवस्थापन कोषमा रकम सहयोग गर्नुभएको हो ।

रामपुर नगरपालिकामा मङ्गलबार चेक हस्तान्तरण गर्दै उहाँले कोरोना नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका समयमा समस्यामा परेका वर्गलाई राहतस्वरुप सहयोग गरिएको बताउनुभयो ।

उहाँले राहत कोषको सदुपयोग गर्न रामपुर नगरपाालिकाका प्रमुख रमणबहादुर थापालाई अनुरोध गर्दै प्रदेश सरकार कोरोना भाइरस संक्रमण फैलिन नदिन स्थानीय तहसँग हातेपालो गरेर अगाडि बढेको स्पष्ट पार्नुभयो । दुई गाउँपालिकामा भने रकम आज हस्तान्तरण गरिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here