२०७७ जेठ १३ गते मंगलबारको राशिफल

0
1170

मेष– आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । लगनशीलताले विभिन्न अवसर दिलाउनेछ ।

वृष–प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ ।

मिथुन–व्यापार–व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ । मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ । यात्राको योग छ ।

कर्कट–चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला । अस्वस्थताले लक्ष्यमा पुग्न समस्या पर्नेछ । परिस्थिति विचार गरेर मात्र नयाँ काम थालनी गर्नुपर्ला ।

सिंह–शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ने समय छ । योजना पूर्ण नभए पनि आंशिक लाभ अवश्य हुनेछ ।

कन्या–सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ । समस्या दर्साउँदा सहयोगीहरूबाट साथ पाइनेछ ।

तुला–परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ । अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ ।

वृश्चिक–चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला । आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ ।

धनु–चिताएको काम बिग्रनाले निराशा छाउनेछ । गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ। फजुल खर्च बढ्ने र आर्थिक क्रियाकलापमा बाधा पुग्ने देखिन्छ ।

मकर–मिहिनेतले छोटो समयमा फाइदा दिलाउनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । अतिथिका रूपमा सेवा सत्कार प्राप्त हुनेछ ।

कुम्भ– गृहस्थी यात्रा रमाइलो रहनेछ । आफन्तहरूको साथले नयाँ आशा जगाउनेछ । नयाँ काम थालनी गर्नुपर्ला ।

मीन–दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here