२०७७ जेठ १४ गते बुधबारको राशिफल

0
792

मेष– लगनशील कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ । महत्त्वाकांक्षी योजनाले आकस्मिक यात्रा गराउन सक्छ । व्यावसायिक काममा आम्दानी बढ्नेछ ।

वृष– लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन् ।

मिथुन– बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ ।

कर्कट–अरूको मुख ताक्ने बानीले पछि परिनेछ । सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला ।

सिंह–प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । परिबन्धले समस्या निम्त्याउन सक्छ ।

कन्या–अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ । स्वास्थ्यका लागि खानपानमा अलि सजग रहनुहोला । अध्ययनमा पनि त्यति समय दिन नसकिएला ।

तुला–दीर्घकालीन महत्त्वका काममा निर्णय लिन हतार नगर्नुहोला । साझेदारीमा समस्या आउनाले सम्झौता भंग हुन सक्छ ।

वृश्चिक–तत्काल योजना सार्वजनिक नगर्नुहोला । काम बिग्रने डरले सताउनेछ । वचन पूरा गर्न नसक्दा बित्थैमा आलोचित भइनेछ ।

धनु– हडबडीले पनि साझेदारी र घर–व्यवहारमा समस्या निम्त्याउनेछ । परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला ।

मकर–भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ ।

कुम्भ– नयाँ योजनातर्फ अग्रसर भइनेछ । अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ ।

मीन–पहिले ईष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन् । चुनौती चिर्दै काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here