‘कोरोना नियन्त्रणका लागि मानव समुदाय नै लड्नुपर्ने’

0
790

 


भोलानाथ पोखरेलः कार्यवाहक अध्यक्ष,निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन

कोरोनाको महामारीको यो क्षणमा निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले के गरिरहेको छ ?

– विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरस (कोभिड –१९) नियन्त्रणका लागि सरकारले अघि सारेका कदमलाई पालना गराउन देशभरका कर्मचारीहरु लागी परेका छन् । विशेष गरेर स्वास्थ्य र सुरक्षामा खटिएका कर्मचारीहरु अग्रपंक्तिमा छन् । उनीहरुलाई प्रोत्साहन भत्ताको व्यवस्था सरकारले गरे पनि उनीहरुको आत्मबल दर्विलो बनाउने कार्यमा टे«ड युनियनले भूमिका खेलिरहेको छ ।

हामीसँग चारवटा संगठनहरु आवद्ध छन् । सबै संगठनका पदाधिकारी र आवद्ध कर्मचारीलाई ‘लकडाउन’को पूर्ण पालना गर्ने र गराउने कार्यमा लाग्न सर्कुलर नै जारी गरिएको छ । अधिकांश कर्मचारी अहिले लकडाउनमा छन् । तर, कोभिडसँग सम्बन्धित रहेर प्रवाह गर्नुपर्ने सेवा सुविधाका विषयमा कर्मचारीहरु अहिले पनि कार्यक्षेत्रमा छन् ।

स्थानीय तहमा कार्यरत् कर्मचारीले त यो समयमा फुर्सद पाएका छैनन् नि ?

– देशैभर रहेका कार्यालय प्रमुखहरुले लकडाउनको समयमा पनि काम गरिहेका छन् । तर, गर्ने तरिका मात्र केही फरक छ । कार्यालय प्रमुखले काममा बाधा नपुग्ने गरी घरमै बसेर सबै कर्मचारीलाई सेवा प्रदान गर्न भनेका छन् । अहिले नागरिकता, राहदानी वितरण गर्ने कार्य सरकारले नै पूर्णरुपमा रोक लगाएको छ । तर, दैनिक जनसरोकारका विषय र स्वास्थ्यसँग सम्बन्धित सेवा प्रदान गर्न खटिने कर्मचारीले अहिले पनि कोभिडसँग सामना गर्दै काम गरिनै रहेका छन् । स्थानीय तहमा र नीतिगत योजना बनाउने ठाउँका कर्मचारीहरु दिनरात खटिनै रहेका छन् । राष्ट्रसेवामा तल्लीन सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरु अग्रपंक्तिमा रहे पनि अन्य कर्मचारीले पनि सरकारले जारी गरेको लकडाउनको पालना गर्दै सेवा प्रवाह गर्नु परेको खण्डमा गरिनै रहेका छन् । हामीले लकडाउनलाई सफल बनाउन सबै कर्मचारीलाई अनुरोध गरेका छौं । सोही अनुसार अहिले कर्मचारीहरु त्यसैको पालना गरिरहेका छन् ।
निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनमा चारवटा संगठन आवद्ध छन् । तिनै संगठनका पदाधिकारीहरुले आ–आप्mनो ठाउँमा रहेर सरकारलाई सहयोग पु¥याउँदै आएका छन् । हामीसँग नेपाल निजामति कर्मचारी संगठन, नेपाल निजामति कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन र नेपाल मधेशी जनजाति कर्मचारी मञ्च छन् । संगठनमा आवद्ध सबैले कार्यालय प्रमुखले खटाएको कल ड्यूटीमा पनि काम गरिरहेका छन् । कतिपय कर्मचारी राहत वितरणमा समेत खटिएका छन् भने कतिपय कर्मचारी नीतिगत योजना बनाउने काममा लागेका छन् ।

सरकारले बनाएको कोरोना कोषमा यहाँहरुको सहयोग रह्यो या रहेन ?

– हामीले कोरोना मात्र होइन विषम् परिस्थिति उत्पन्न हुँदा सबैद सरकारलाई सहयोग पु¥याउँदै आएका छौं । भूकम्प, आगलागी, बाढी जस्ता प्रकोपमा पनि सहयोग पु¥याएका छौं भने हामीसँग आवद्ध संगठनले र हामीले पनि विपद्को यो क्षणमा कोषमा आर्थिक सहयोग, स्वास्थ्यसँग सम्बन्धित उपकरण खरिद गर्दै हस्तान्तरण समेत गरेका छौं ।

काम गर्ने सन्दर्भमा केही बाधा अड्चन उत्पन्न भएका छन् ?

– कोरोनाको संक्रमण नेपालमा फैलनु अघि नै हामीले विभिन्न देशका कर्मचारीहरुसँग परामर्श गरिसकेका थियौं । अन्तर्राष्ट्रिस्तरमा काम गर्ने कर्मचारीसँग भिडियो कन्फ्रेन्समार्फत आवश्यक छलफल र परामर्श गरेका कारण कोरोना संक्रमणबाट बच्न अपनाउनु पर्ने सचेतना र सेवा सञ्चालन सम्बन्धी मनोबैज्ञानिक रुपमा तयार भएर मनोबललाई उच्च पार्दै निरन्तर काममा लाग्यौं । पहिला कोरानासँग हामी भाग्ने होइन लड्ने मनस्थिति तयार गर्दै काममा खटियौं र खटिइरहेका पनि छौं । आवश्यक स्वास्थ्य र सुरक्षाका सावधानी अपनाएर हामी अग्रपंक्तिमा रहेर पनि राष्ट्रको सेवा गरिरहेका छौं । अझैपनि सरकारले आह्वान गरेको खण्डमा सरकारलाई आवश्यक पर्ने सरसामान उपलब्ध गराउने खण्डमा हामी तयार छौं ।
मुलुकमा अहिले पनि किटको अभाव छ, सरकारले जतिसक्दो चाँडो किट उपलब्ध गराउँदै सबै नागरिकको स्वास्थ्य परीक्षण गर्न जरुरी देखिएको छ । यो काममा हामीले पनि सरकारलाई सहयोग पु¥याउँदै आएका छौं । अप्ठ्यारो अवस्थामा मुलुक गुज्रिरहेको बेला जोखिम मोलेर भएपनि प्रत्यक्षरुपमा हामी कर्मचारीले काम गरिरहेका छौं । अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको स्वास्थ्यबीमा गरिएको छ । अप्ठ्यारो अवस्थाका बारेमा हामी निरन्तर सरकारसँग छलफल र परामर्शमै छौं । अहिलेको समय यो र त्यो भन्ने भन्दा पनि विपत्तिको सामना गर्ने समय रहेकाले सबै मानव समुदाय एक भएर रहनु पर्ने अवस्था आएकाले सबैलाई एकजुट भएर कोरोनाविरुद्ध लड्न म आह्वान पनि गर्न चाहन्छु ।

अन्त्यमा

– सरकारले अर्काे आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरिरहेको छ । यो अवस्थामा हामी सबैले सहयोग पु¥याइनै रहेका छौं । मुलुकमा आइपरेको यस्तो विषम् परिस्थितिमा पनि देशभरका सबै कर्मचारी एक भएर सरकार सञ्चालनमा कर्मचारीको सहयोग महत्वपूर्ण रहन्छ नै । विषम् परिस्थितिमा सरकारले आह्वान गरेको लकडाउनलाई पूर्ण पालना गर्दै आवश्यक सेवा प्रवाह गर्न कर्मचारीहरुलाई आग्रह गर्न चाहन्छु ।
                                                                                                                         प्रस्तुति – सुरेन्द्र भण्डारी 

इ पेपर यहाँ पढ्न सक्नु हुन्छ ।

https://purwanchaldaily.com/wp-content/uploads/2019/06/15-gate-pdf.pdf

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here