स्थापना दिवसमा रक्तदान

0
1033

विर्तामोड , राष्ट्रिय प्रजातन्त्र पार्टीको ३१औं स्थापना दिवसको अवसर पारेर राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन झापाको आयोजनामा बिर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

 

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणवाट वच्न सरकारले जारी गरेको लकडाउनका कारण झापामा भइरहेको रगतको अभावलाई टार्न रक्तदान कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन झापाका कोषाध्यक्ष तथा रक्तदान कार्यक्रम संयोजक कृष्ण अग्रवालले वताए ।

नेपाल रेडक्रस सोसाइटी विर्तामोड उपशाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३७ जनाले रक्तदान गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी युवक संगठनका जिल्ला सदस्य सन्तोष कडरियाले जानकारी दिए ।
कोरोना भाइरसको संक्रमणवाट वच्न सरकारले जारी गरेको लकडाउनका कारण झापामा कुनै संघ संस्थाले रक्तदान कार्यक्रम नगर्दा र सवारी दुर्घटनाका कारण घाइते भएका र विभिन्न रोगका विरामीलाई रगत दिनुपर्ने हुँदा रगतको अभाव भएकाले यस्तो विषम् परिस्थितीमा विद्यार्थी संगठनले रक्तदान गर्नु खुशीको कुरा भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका झापा सचिव केशवप्रसाद ओझाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here