नगर प्रमुख र उपप्रमुखद्वारा क्वारेण्टिनको अनुगमन

0
1010

लक्ष्मी उप्रेती,

काँकरभिभट्टा, १६ जेठ ÷ मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीसहितको टोलीले शुक्रबार नगरभित्र रहेका वडास्तरी क्वारेण्टिनको स्थलगत अवलोकन गदैें त्यहाँ रहेका व्यक्तिहरुसँग विविध जानकारी लिनुभएकोे छ ।

नगरपालिकाका प्रेस संयोेजक संयोजक लक्ष्मी उप्रेतीका अनुसार नगर प्रमुख आचार्य र उपप्रमुख उप्रेतीसहितको टोलीले नगरको वडा नम्बर १५ मा रहेको ज्यामिरगढी माध्यमिक विद्यालय, १० मा रहेको कविशिरोमणि मावि, ११ मा रहेको धाइजन स्वास्थ्य केन्द्र १२ मा रहेको क्वारेण्टिनको निरीक्षण गर्नुभएको हो । निरीक्षणका क्रममा क्वारेण्टिनमा रहेका व्यक्तिहरुसँग बस्ने, खानेलगायत स्वास्थ्य परीक्षणका बारेमा जानकारी लिनुभएको थियो ।

क्वारेण्टिनमा रहेकाहरुले अहिलेसमम आफुहरुलार्ई कुनै पनि कुराकोे कमि नभएको बस्ने र खाने प्रवन्ध चित्त बुझ्दो रहेको प्रतिक्रिया दिएका थिए । उनीहरुले आफुहरुको तत्काल आरडिटी परीक्षण गरिदिन नगरप्रमुख र उपप्रमुखलाई आग्रह गरेपछि नगरका विभिन्न क्वारेण्टिनमा नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले आरडीटी परीक्षण गरेको छ ।

उहाँहरुले क्वारेण्टिनमा रहेकाहरुलाई कुनै पनि कुराको कमि हुन नदिन सम्बन्धित वडाका जनप्रतिनिधिहरुलाई सुझाँव दिनुभयो । शौचालय, विद्युत पिउने पानीको उचित व्यवस्था मिलाउन समेत सम्बन्धित वडाका पदाधिकारीहरलाई नगरपालिकाले आग्रह गरेको छ । क्वारेण्टिनमा बस्दा सरसफाई, सामाजिक दुरी, सेनिटाइजरलगायतको व्यवस्था गर्न समेत भनिएको छ । क्वारेण्टिनमा राख्दा सवैलाई एउटै कोठामा नभएर संक्रमित ठाउाँबाट आएका तथा महिला पुरषलाई भिन्दा भिन्दैं राख्न भनिएको छ ।

नेपालका विभिन्न जिल्लाबाट भारतलगायत अन्य देशमा रोजगार तथा अध्ययनका लागि गएकाहरु अहिले आफ्नो जिल्ला तथा पालिका फर्किने क्रम बढेकाले उनीहरुलाई राख्नका लागि व्यवस्थितरुपमा नगरपालिकाले क्वारेण्टिनको व्यवस्था गरेको भएपनि उनीहरुलाई समाजमा गलत दृष्टिकोणले हेर्ने गरेको भन्दैं तत्काल यो सोचाई परिवर्तन गर्न नगरप्रमुख र उपप्रमुखले सवैमा आग्रह गर्नुभएको छ ।

मेचीनगरको वडास्तरीय क्वारेन्टाइनमा १ सय ७ जना

नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण नियन्त्रण र रोकथामका लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनका कारण नेपाल भारतसीमाक्षेत्रमा रहेका १ सय ८२ जना नेपाली शुक्रबार पूर्वीनाकाहुदैं प्रवेश गरेका छन् ।

ती मध्ये ४८ जनालाई मेचीनगरकै विभिन्न क्वारेण्टिन र होल्डिङ सेन्टरमा राखिएकोे छ । बाकीलाई सम्बन्धित पालिकामा पठाइएको छ ।

मेचीनगर नगरपालिका कोरोना संक्रमण नियन्त्रण कार्यदलका सचिव एवम् वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले दिएको जानकारी अनुसार ३० जनालाई मेचीनगर— ६ स्थित काँकरभिट्टा माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा राखिएको छ भने १४ जनालाई वडानम्बर १ को वडास्तरीय क्वारेण्टिनमा राखिएको छ । यो सँगै वडा नम्बर १ को क्वारेण्टिनमा २५ जना पुगेका छन् ।

यसैगरी वडानम्बर २ को क्वारेण्टिनमा शुक्रबार २ जना थपिएपछि अहिले त्यहा रहनेको संख्या १० पुगेको क्वारेण्टिन व्यवस्थापन समितिका संयोजक, सामाजिक विकास समितिका संयोजक तथा वडानम्बर ४ का वडाध्यक्ष नवीन वरालले बताउनुभयो । वडानमबर ६ मा १ जना थपिएका छन् । विहिबार १२ जना रहेको वडानम्बर ११ को क्वारेण्टिनमा शुक्रबार १ जना थपिएका छन् ।

गलत समाचारका पछि नलाग्न नगरवासीमा आग्रह

झापाको मेचीननगगर —७ स्थित प्यारीभिट्टामा नोेवल कोरोना भाइरस काोेभिड १९ को संक्रमित व्याक्ति फेला परेको भन्ने गलत समाचारको भ्रममा नपर्न मेचीनगर नगरकार्यपालिकाको कार्यालयले आम नगरवासीमा आग्रह गरेको छ ।

शुक्रबार भारतको पजलीभित्ताबाट झापाको कचनकवल गाउँँपालिका आएका तीनजना युवामा नोेवल कोरोना भाइरस काोेभिड १९ को संक्रमित फेला परेपछि सर्वसाधारणमा झापाको मेचीननगगर —७ स्थित प्यारीभिट्टा भन्ने हल्लाले नगरवासीमा आतंक फैलिएको भन्दैं नगरवासीलाई गलत समाचार र अनर्गल प्रचारका पछि नकुद्न नगरप्रमुख विमल आचार्यले आम नगरवासी सवैमा आग्रह गर्नुभएको छ ।

अहिलेसम्म मेचीनगरका कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको नगर प्रमुख आचार्यको भनाई छ । नगरपालिकाको स्वास्थ्य शाखा र स्वास्थ्य कार्यालय झापाले समेत झापाको मेचीननगगर —७ स्थित प्यारीभिट्टाका युवामा संक्रमण पुष्टि भन्ने हल्ला गलत र अहिले सम्म नगरक्षेत्रमा कोहि पनि नोेवल कोरोना भाइरस काोेभिड १९ को संक्रमित व्याक्ति फेला नपरेको जनाएको छ ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँका अनुसार भारतको पजलीभित्ताबाट झापाको कचनकवल गाउाँपालिका आएकामा तीनजना युवामा कोरोना संक्रमण पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here