२०७७ जेठ १९ गते सोमबारको राशिफल

0
1214

मेष– अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । ठूलो उपलब्धि नभए पनि सम्भावना खोजी गर्ने समय छ ।

वृष– प्रयत्न गर्दा पछिलाई फाइदा हुनेछ । तत्कालै समस्या समाधान नहुन सक्छ । अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ ।

मिथुन– कमजोरीका बाबजुद काँधमा जिम्मेवारी थपिनेछ । आँटेको काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला । स्वास्थ्यका लागि आराम लिनुपर्ने अवस्था रहनेछ ।

कर्कट– प्रतीक्षित नतिजा कमजोर देखिनाले उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ ।

सिंह– स्वास्थ्य र अर्थका हिसाबले पनि दिन कमजोर रहनेछ। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता हुन सक्छ ।

कन्या– तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ । शुभचिन्तकहरूले साथ दिनेछन, गोपनीयतामा ध्यान पुर्याउनुहोला ।

तुला– माहोल रमाइलो रहनेछ तर, आलस्य बढ्नाले लक्ष्यमा पुग्न समस्या पर्नेछ । मिहिनेत गर्दा व्यापारमा लाभ लिने समय छ ।

वृश्चिक– व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ । विभिन्न भौतिक साधन प्राप्त हुनेछन् । प्रिय भेट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला ।

धनु– गृहस्थी यात्रा रमाइलो रहनेछ । आफन्तहरूले नयाँ आशा जगाउनेछन् । वादविवादबाट टाढा रहने प्रयत्न गर्नुहोला ।

मकर– अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ । प्रगतिमा ईष्र्या गर्नेहरूले दुःख दिनेछन् ।

कुम्भ– व्याहारिक समस्याले योजना रोकिन सक्छ । कामको चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिन सक्छ ।

मीन– मिहिनेतको नतिजा चित्तबुझ्दो नआउन सक्छ । तापनि चुनौती पन्छाएर काम बनाउन सकिनेछ । प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले अग्रता दिलाउन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here