२०७७ जेठ २२ गते बिहीबारको राशिफल

0
1115

मेष– प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ ।

वृष– मनको डर उत्साहमा रूपान्तरित हुनेछ । पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ । सहपाठीहरू पछि पर्नेछन् ।

मिथुन– मिहिनेतले प्रतिष्ठा दिलाउनेछ । दिगो काम प्रारम्भ गर्ने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

कर्कट–निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला । काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन् ।

सिंह–पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ ।

कन्या–शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला, महत्त्वाकांक्षी योजना थालनी हुनेछ। स्वास्थ्यमा सचेत रहनुहोला ।

तुला– विभिन्न अवसर प्राप्त हुनुका साथै सफलताको यश प्राप्त गर्ने छ । नियमित कामले पनि उत्साह जगाउनेछ ।

वृश्चिक– सहयोगीहरूले प्रतिस्पर्धाको दौडमा जित दिलाउन सक्छन् । श्रम गर्नुपरे पनि मनग्गे धनलाभ हुनेछ ।

धनु– भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । रचनात्मक काममा जुट्ने समय छ ।

मकर– अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ । शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुःख पाइनेछ ।

कुम्भ– खर्च हुने डरले सताउन सक्छ । वादविवादबाट टाढा रहनुहोला । अर्थ अभावले सताए पनि आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला ।

मीन– ईष्र्या गर्नेहरूबाट जोगिएर काम लिनुपर्ने समय छ । आजको मिहिनेतले भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here