२०७७ जेठ २३ गते शुक्रबारको राशिफल

0
1008

मेष– अरूका लागि बुद्धि र समय खर्चनुपर्ला । तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ ।

वृष– आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन् । प्रतीक्षित नतिजा प्राप्त गर्न काम दोहोर्याउनुपर्ला । स्वास्थ्यका कारण लक्ष्यमा पुग्न केही विलम्ब हुनेछ ।

मिथुन– भोजलगायत विशेष खानपानको अवसर प्राप्त भए पनि स्वास्थ्यका लागि अलि सजग रहनुपर्ला । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

कर्कट– समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ । अवसरका लागि केही दौडधुप गर्नुपर्ला ।

सिंह– व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ । भैपरी आउने खर्च बढे पनि यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ ।

कन्या– फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ । दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ। आस मारेको कामले उत्साह जगाउनेछ ।

तुला–प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ ।

वृश्चिक– आम्दानीका विभिन्न स्रोत देखिए पनि लगानीतर्फ लागत बढ्नेछ । कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ ।

धनु– आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन् । अरूको मुख ताक्ने बानीले पनि अलि पछि परिनेछ ।

मकर– तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ । विशेष भेटघाटले काममा उत्साह बढाउला ।

कुम्भ– मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आँटले कीर्तिमानी दिलाउनेछ ।

मीन– अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ । आफ्ना कमजोरी भरसक बाहिर सार्वजनिक नगर्नुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here