झापाका १९ जनाले कोरोना जिते, प्रदेश–१ बाट २२ जना घर फर्किए

0
421

झापा ।

झापाका १९ जनासहित प्रदेश १ बाट २२ जना कोरोना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेमा १२ महिला र १० पुरुष रहेका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत झापाका १९, खोटाङका २ र सुनसरीका १ जना डिस्चार्ज भएका सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा डिस्चार्ज हुनेको सङ्ख्या ५ सय ७१ पुगेको छ ।

प्रदेश १ मा आज ३ जना कोरोना सङ्क्रमित थपिएका छन् । मोरङको पथरी शनिश्चरेका २ महिला र झापाको कचनकवलका १ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ७ सय २४ पुगेको छ । पछिल्लो समय पूर्वमा कोरोना जितेर घ फर्किनको संख्या बढ्दै गएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here