चारदिनदेखि वेपत्ता पुरुष मृत फेला

0
976

झापा ।

झापामा गत शनिवार खोलाले बगाएर बेपत्ता भएका एक पुरुषको शव आज फेला परेको छ ।

भद्रपुर–३ बस्ने-३३ बर्षीय हिरण राई शनिवार अपरान्ह साढे ४ बजे घर नजिकै रहेको मेची खोलामा नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएका थिए ।

उनको खोजी गर्ने क्रममा आज दिउसो साढे १ बजे कचनकबल गाउँपालिका–५ बागाडाँगी स्थित मेची खोलाको किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here