रकस्टार गायकको लोक लय भएको गीत ‘मिल्टेरीको जुत्ता’ भिडियो

0
926

रियालिटी शो बाट चिनिएका गायक पवन गिरीले नेपाल आर्मी प्रति सम्मान व्यक्त गर्दै लोक परिवेशमा आधारित गीत ‘मिल्टेरीको जुत्ता’ सार्वजनिक गरेका छन्।

सबैले सुन्न सक्ने सरल शब्द र टिप्न सक्ने धुन समावेश यो गीत कोरनाका कहर बीच मुड फ्रेश बनाउने खालको छ । गीतका शब्द रमेश दहालले लेखेका हुन् भने संगीत टिका दहालको रहेको छ। गीतको संगीत संयोजन उदय राज पौडेलले गरेका हुन्।

म्युजिक भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन्। धेरै जना टिमको सहयोगमा तयार भएको भिडियोलाई गम्भीर बिस्टले कोरियोग्राफी र अर्जुन तिवारीले छायांकन गरेका हुन्। जीवन थापाले भिडियोलाई सम्पादन गरेका हुन्।

हास्य टेलिश्रृंखला ‘सक्किगोनि’मा काकु भनेर चिनिने कलाकार दिपक आचार्यको निर्देशनमा भिडियो तयार भएको हो। भिडियोलाई वाइड लेन्स प्रोडक्सनको च्यानल मार्फत सार्वजनिक गरिएको छ।

रामजी बस्नेत प्रति विशेष आभार प्रकट गरिएको भिडियोलाई वाइड लेन्स प्रोडक्सनका सीईओ प्रज्वल गजुरेल र विनोद भारतीको लगानीमा तयार पारिएको हो। म्युजिक भिडियोलाई दर्शक , स्रोताको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here