खोलाले बगाएर बेपत्ता महिला मृत अवस्थामा फेला

0
759

तेह्रथुम।

तेह्रथुमको लालीगुरास–९ बस्ने ३६ बर्षीया अंजना लिम्बुको खोलाले बगाएर मृत्यु भएको छ ।

आज दिउसो १२ बजे जिरिखिम्तीबाट छथरमा रहेको आफ्नो माईती घर तर्फ जाने क्रममा ढाडेखोला तर्दै गर्दा अंजनालाई खालाले बगाई बेपत्ता बनाएको थियो ।

बेपत्ता भएकी उनलाई खोजी गर्ने क्रममा आज दिउसो सवा ३ बजे १ किलोमिटर तल खोलाको बीचमा काँडामा अल्झिएको अबस्थामा मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here