प्रशासकीय अधिकृत र सबइञ्जिनीयर नियन्त्रणमा

0
813

ललितपुर,

गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सबइञ्जिनीयर किशोर मोक्तान रु एक लाख ५० हजार घुस लिएको अभियोगमा आज पक्राउ परेका छन् ।

अपराह्न १ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विकास निर्माणका काममा भुक्तानी लिएको अभियोगमा नगरपालिकाको आफ्नै कार्यकक्षबाट अभियुक्तद्वयलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले राससलाई जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here