पर्यटन विकासमा प्रदेश सरकारले ध्यान दिएको छ – मन्त्री लम्साल

0
514

पोखरा,

गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले ग्रामीण क्षेत्रमा लुकेका पर्यटनलाई विश्व बजारमा पु¥याउन सक्नुपर्ने बताउनुभएको छ ।

महेन्द्र गुफा परिसरमा महेन्द्र गुफा पूर्वाधार निर्माण समितिले आइतबार आयोजना गरेको वृक्षरोपण कार्यक्रमका उहाँले पर्यटनको विविधताको पहिचान र प्रवद्र्धन गर्दै विश्व बजारसँग प्रतिस्पर्धा गर्न खालको पर्यटनको खाँचो औँल्याउनुभयो । “पर्यटन विकासमा प्रदेश सरकार केन्द्रित भएको छ” उहाँले भन्नुभयो, “कोरोनाका कारण प्रभावित पर्यटन व्यवसायलाई माथि उकास्न सरकारले विशेष योजना तय गरेको छ, अब छिट्टै पर्यटन व्यवसाय माथि उकासिन्छ ।”

कार्यक्रममा प्रदेशसभा सदस्य कृृष्ण थापाले सबैको सामूहिक प्रयासबाट मात्र विकासको गतिविधि अगाडि बढ्ने बताउनुभयो । उहाँले विकासमा राजनीति गर्नु गलत भएको धारणा राख्नुभयो । अर्का प्रदेशसभा सदस्य विन्दुकुमार थापाले कोरोनाले प्रभावित पर्यटन क्षेत्रलाई माथि उकास्न सरकारले राहत प्याकेज ल्याउनुपर्नेमा जोड दिनुभयो । प्रदेश सांसद प्रभा कोइरालाले प्रदेशका पर्यटकीय गन्तव्यको पहिचान गरी प्रवद्र्धनमा जोड दिनुपर्ने सुझाव राख्नुभयो ।

वातावरण संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको वृक्षरोपण कार्यक्रममा पारीजात, कल्की, कपुर, गोदाबरी, धुपीलगायतका विभिन्न प्रजातीका १५० वटा विरुवा रोपिएको समितिका अध्यक्ष गुरुदत्त भट्टराईले जानकारी दिनुभयो । महेन्द्र गुफाभित्र हालै प्रदेश सरकारको सहयोगमा ४८ लाखको लागतमा बाल उद्यान उद्यान समेत निर्माण भएको छ ।

महेन्द्र गुफा र चमेरे गुफा कोरोनाका कारण गतचैतको पहिलो सातादेखि बन्द रहेको छ । चार महिनामा रु एक करोड ७४ लाख आम्दानी गुमाएको गुफा सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here