एजेन्सी,
बलिउडमा पछिल्लो समय कलाकारहरुबीच विवाद भइरहेको छ । अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि बलिउडमा नेपोटिज्मको बिषयमा कुरा चल्दा कलाकारहरु विवादमा आइरहेका हुन् । कलाकारहरु नेपोटिज्मको विषयमा बोल्दा विवादमा आएका हुन् ।
पछिल्लो समय तापसी पन्नू र कंगना रनावतबीचको विवादले पनि बलिउड चर्किएको छ । कंगनाले तापसीलाई ‘बी-ग्रेड’ अभिनेत्री भनेपछि यी दुईबीच विवाद बडेको हो । कंगनाले त्यो भनेपछि तापसीले पनि जवाफ दिएकी छिन् ।
उनले कसैको मृत्युलाई आफ्नो नीजि फाइदाको रुपमा लिन नहुने बताइन् । सामाजिक सञ्जालमा कुनैले कंगनाको त कुनैले तापसीको समर्थन गरिरहेका छन् । यसैबीच अभिनेत्री सोनाक्षी सिन्हाले तापसीको खुलेर तारिफ दिदै आफ्नो प्रतिक्रिया दिएकी छिन् । सोनाक्षीले तापसीलाई सामाजिक सञ्जाल इन्स्टाग्राममा भनेकी छन्, ‘राष्ट्रपति पदका लागि तापसी ।’
नेपोटिज्मको विषयमा तापसीले भनेकी थिइन्, ‘नेपोटिज्मको विषयमा भइरहेको बहसलाई मानिसहरुले आफ्नो व्यक्तिगत फाइदाका लागि प्रयोग गरिरहेका छन् । म त्यो इन्डस्ट्रीको बारेमा नराम्रो भन्दिनँ, जसले मलाई खाना र पहिचान दिएको छ ।’-क्यानाडानेपाल