एकसय तीन कुकुरको वन्ध्याकरण

0
586

झापा, असोज १५ । झापाको भद्रपुरमा सञ्चालित कुकुर बन्ध्याकरण एवम रेविज उन्मूलन सम्बन्धि शिविरबाट १ सय ३ वटा कुकुरको बध्याकरण गरिएको छ । हिमालय एनिमल रेस्क्यु ट्रस्ट (हार्ट) को प्राविधिक सहयोग तथा भद्रपुर नगरपालिका कार्यालय र जिल्ला पशुसेवा कार्यालय झापाको संयुक्त आयोजनामा आईतबार देखि मंगलबार सम्म सञ्चालित तीन दिने शिविरबाट भाले ३४ र पोथी ६९ गरी १ सय ३ वटा कुकुरको बध्याकरण गरिएको नगरपालिकाले जनाएको छ । जसमा ५ वटा घरपालुवा कुकुरको बध्याकरण गरेवापत नगद पाच सयको दरले दुई हजार पाच सय रुपैया राजश्व समेत संकलन भएको छ । अन्य बाँकी भुस्याह कुकुरहरु रहेकोले निशुल्क बध्याकरण गरिएको नगरपालिकाले जनाएको छ ।
सरकारले बिष खुवाएर कुकुर मार्ने नपाइने कानुनी नियम ल्याएलगतै केही समय यता नगर क्षेत्रमा भुस्याह कुकुरको आतक बढेपछि त्यसको प्रभावकारी नियन्त्रणको लागि भद्रपुर नगरपालिकाले झापामै पहिलो भद्रपुरमा यो दोसो पटक शिविर सञ्चालन गरेको थियो ।