झापामा तेस्रो विश्व संस्कृत दिवस मनाइयो

0
1228

तुलसीप्रसाद निरौला / विर्तामोड ।

जरोकिलो प्रतिष्ठान नेपाल प्रदेश नं १ को आव्हान तथा सनातन धर्म सेवा समिति स्थानीय शाखा मेचीनगरको आयोजनामा तेस्रो विश्व संस्कृत दिवस मनाइएको छ ।

सनातन धर्म सेवा समिति, स्थानीय शाखा मेचीनगरका अध्यक्ष निधिराम पौडेलको अध्यक्षता तथा डा. तिलक चैतन्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नर्वदेश्वर शिवालय मन्दिर समितिका सचिव हेमेन्द्र निरौलाले नेपालीमा र आचार्य द्रोण आचार्यले संस्कृतमा स्वागत गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय हिन्दू एकता मञ्चका केन्द्रीय अध्यक्ष तथा मौलिक जरोकिलो पार्टी प्रदेश नं १ का संयोजक ईन्द्रप्रसाद ओली , आचार्य विष्णुप्रसाद पराजुली ,बिमल दाहाल लगायतले शुभकामना दिएका थिए ।

उनीहरुले संस्कृत भाषा अधिकांश भाषाहरुको जननी भाषा रहेको, बिश्वका शक्तिशाली राष्ट्रहरु समेतमा देवभाषा संस्कृतको महत्व बढ्दै गएको परिप्रेक्ष्यमा सबैले संस्कृत भाषाको संरक्षण, खोज अनुसन्धान, गर्नुपर्नेमा जोड दिएका थिए ।

संस्कृत भाषाको महत्व, गरिमा, वैज्ञानिक पक्ष र सान्दर्भिकतालाई आत्मसात गर्दै संस्कृत ग्रन्थहरूमा उल्लेखित वैज्ञानिक पक्षहरूको प्रचार–प्रसार गर्नुपर्नेमा जोड दिँदै उनीहरुले संस्कृत भाषाको संरक्षण, र सम्बद्र्धन गर्न जरोकिलो प्रतिष्ठान नेपालले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

मेचीनगर –९ धुलावारी खुट्टेडाँगीस्थित नर्वदेश्वर शिवालय मन्दिरमा भएको कार्यक्रमको सञ्चालन जरोकिलो प्रतिष्ठान नेपाल प्रदेश नं १ का संयोजक रमेश बाँस्तोलाले गरेको मौलिक जरोकिलो पार्टी १ नं प्रदेश समितिका महासचिव अर्जुनकुमार भट्टराईले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here