ब्राउन सुगरसहित सीमा क्षेत्रबाट दुई पक्राउ

0
510

कञ्चनपुर,

कञ्चनपुरको बेलौरी नगरपालिका–१० नेपाल–भारत सीमास्थित दशगजा क्षेत्रबाट लागु पदार्थ ब्राउन सुगरसहित दुई जनालाई सशस्त्र प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट भुडाका सशस्त्र प्रहरी निरीक्षक गोविन्द थापाको नेतृत्वको टोलीले एक ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वेदकोट नगरपालिका–९ सुन्दरपुरका २९ वर्षीय पृथ्वी डगौरा र सोही ठाउँ बस्ने ३० वर्षीय सुरेश राना रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताउनुभयो ।

दशगजा क्षेत्रमा भारतीयहरूले कालो प्लाष्टिकमा माटो बाँधेर ब्राउन सुगर नेपाली सीमातर्फ फालेका थिए । उक्त स्थानमा रहेका डगौरा र चौधरीको खानतलासी लिँदा उनीहरूको साथबाट ब्राउन सुगर बरामद भएको थियो ।

नियन्त्रणमा लिइएका दुवैलाई बिओपी भुडामा ल्याइएको छ । बरामद ब्राउन सुगर र नियन्त्रणमा लिइएका दुवैलाई नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here