डाङग्रे बाबा धामको प्रवेशद्धार निर्माण हुने

0
717

अर्जुनधारा ।

झापाको अर्जुनधारा–७ स्थित डाङग्रे बाबा–सेतीदेवी–पाथीभरा माता धामको प्रवेश द्वार निर्माण हुने भएको छ ।

प्रवेश द्वार निर्माण हुने स्थलमा बिहीबार विश्वकर्मा पूजाको सन्दर्भमा आयोजित शिलान्यास कार्यक्रममा प्रमुख अतिथि प्रदेश १का सांसद् वृख प्रधानले भूमि पुजन गरेका थिए ।

प्रवेश द्वारको लागि प्रदेश निर्वाचन विशेष कार्यक्रमबाट गत आर्थिक वर्ष ०७६÷०७७ मा एक लाख रुपैयाँ विनियोजन भएको थियो ।

धाम संरक्षण समितिका अनुसार कोभिड–१९का सिर्जना भएको बन्दाबन्दीका कारण स्थगित भएको प्रवेश द्वार निर्माणको कार्य यही असोज महिनाभित्र निर्माण सम्पन्न हुने बताइएको छ ।

त्यसैगरी प्रवेश द्वार निर्माण गर्न दाताहरुबाट नगद तथा जिन्सी सहयोग प्रदान गरेका छन् । व्यवसायी इन्द्र मगरबाट एक बण्डल रड, धामका सदस्य अर्जुन थापाबाट छ बोरा सिमेन्ट, सल्लाहकार रवि सुब्बाबाट पाँच बोरा सिमेन्ट, गंगादेवी कटुवालबाट एक हजार छ सय पचपन्न रुपैयाँ, चन्द्रकला राईबाट एक हजार पाँच सय पचपन्न रुपैयाँ, भूपा राईबाट एक हजार पाँच सय ५० रुपैयाँ प्रदान भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here