उज्यालो नेपालको पक्षमा बिर्तामोडमा युवाको प्रर्दशन

0
990

झापा।

 

DCIM100GOPROG0030952.JPG

झापाको बिर्तामोडमा नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्ति गर्नुपर्ने माग गर्दै प्रर्दशन गरेका छन् ।

स्वतन्त्र युवाहरुले आयोजना गरेको प्रर्दशनमा सयौं युवा तथा वृद्धवेद्धाको सहभागिता रहेको थियो । कार्यक्रममा कुलमानलाई द लाइट अफ नेपालको उपाधि दिइएको छ । बिर्तामोड नगरको परिक्रमा गर्दै मुक्ति चोकमा पुगेर कोण सभामा परिणत भएको सभामा बोल्दै सामाजिक अभियान्ता नारायण कडरियाले कुलमान ब्यक्ति मात्र नभएर उज्यालोको पर्याय भएको बताए ।

उनले नेपाल भित्र दुई वटा नेपाल विकसित भएको भन्दै कम्युनिष्ट नेताले गरिब जनताको आवाज बोकेर सत्तामा पुगेपनि सत्तामा पुगेपछि गरिब जनतालाई दबाउदै निरङकुशस्ता लाद्न खोजेकोले युवाहरु सडकमा उत्रनुपरेको बताए ।

कुलमानलाई पुनःनियक्ति नगरे सारा जनता सडकमा उत्रिएर वर्तमान सत्ता विरुद्ध जनता सडकमा उत्रिने चेतावनी दिए । त्यस्तै रंगकर्मी प्रकाश दाहालले जनताको आवाजलाई वर्तमान सरारले मजाक बनाएको आरोप लगाए । कलाकारलाई प्रयोग गरेर जनताको आवाजलाई गित संगित मार्फत आन्दोलन गरेपनि तिनै गरिब जनता विरुद्ध सत्तामा पुगेर भेदभाव गरेको भन्दै अब जनता चुप लागेर नबस्ने बताए ।

सभालाई सम्बोधन गर्दै सञ्चारकर्मी पावर्ती तामाङले बिद्युत प्राधिकरणमा कुलमानको विकल्प खोज्ने बेला नभएको भन्दै पुनः नियुक्तिको माग गरिन् । कर्यक्रममा कुलमान तिम्रो कर्मले छाती फुल्छ गर्वले, लोडसेटिङ गर्न पाईदैन, उज्यालो नेपाल चाहिन्छ लगायतका प्ले कार्ड बोकेर प्रर्दशन गरिएको थियो ।

प्रर्दशनमा सहभागिहरुले कुलमान कुशल प्रशासक भएको भन्दै उनको समर्थनमा नागरिकले स्वतन्त्र रुपमा प्रर्दशन गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here