‘परदेशीको जीवन बरी लै’ मा परिवार उजाडिएको कारुणीक कहानी

0
2134

झापा, परदेशीनु कतिपयका लागि रहर होला तर धेरैको बाध्यता हुन्छ । घर धान्न त परकै कुरा ‘नून भुटुन’ बन्द भएपछि धन कमाउने मिठो सपना बोकेर धेरै नेपाली युवा विदेशीएका छन् । विदेशीने मध्ये केहीले सोचे भन्दा राम्रो प्रगति गर्न सकेपनि कतिपयको जीवन नै रित्तिएको पाउन सकिन्छ ।


परदेशीनेका कथा – व्यथा समेटेर इन्जिनियर वीरेन्द्र श्रेष्ठको नयाँ गीत ‘परदेशीको जीवन बरी लै’ सार्वजनिक गरिएको छ । यो गीतमा परदेशमा धन कमाउन गएका एक व्यक्तिको परदेशमै दुःख गर्दा गर्दै निधन भएको र उनको परिवार उजाडिएको कारुणीक कहानी समेटिएको छ । लोक शैलीमा रहेको सो गीत श्रेष्ठको स्वरमा रहेको छ भने गीतको प्रस्तुतकर्ता अम्बिका गुरुङ हुन् । श्रेष्ठको यो पछिल्लो सांगीतिक प्रस्तुति हो ।

पछिल्लो समय चल्दै आएको सांगीतिक फिल्म शैलीको यो गीत तथा म्युजिक भिडियो युट्युबमार्फत भवसागर इन्टरटेनमेन्टले सार्वजनिक गरेको हो । ऋण चुक्ता गर्न विदेसिएको परदेशीको जीवन भोगाइ र उसको परिवारको अवस्थालाई गीतमा देखाइएको छ । जुन दृष्य निक्कै कारणीक छ ।
झापाका विभिन्न ठाउँमा छायङ्कन गरिएको यस म्युजिक भिडियोमा ग्रामीण परिवेश समेटिएको छ । जव मान्छे परदेश लाग्छ ऊ संगै गएका यादहरु,प्रेमिकाको दिलबन्दी भएर गएको प्रेमिल स्पर्श अनि आफ्नो ठाउँ र परिवेशको यादले विदेशी भूमिमा निक्कै सताएको दृष्य समेटिएको छ । कडा मेहनत र परिश्रम गर्दा पनि हेपाह प्रवृत्तिका कारण नझुक्ने नेपाली पनको स्वाभिनामका कारण जीवनको प्रतिरक्षा गर्दा गर्दै धनकमाउन गएका युवाको इहलीला समाप्त पारेको म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ ।

पछिल्लो समय लोक आधुनिक गायनमा चर्चामा रहेका गायक श्रेष्ठको यो गीतमा झापाका मोडल निर्मल न्यौपाने र निशा राईको मुख्य अभिनय रहेको छ ।

गीतमा दिपकराज विश्वकर्माको संगीत र एरेन्ज तथा अम्बिका गुरुङको शब्द रहेको छ । योगश दाहालले छायांकन तथा सम्पादन गरेको भिडियोमा कथा टिकाराम आचार्य र लक्ष्मण गजुरेलको रहेको छ । म्युजिक भिडियोको निर्देशन निशान काश्यपले गरेका हुन् ।

गायक श्रेष्ठका यसअघि ‘घर हाम्रो लेकैमा’, ‘आँखा लाउँछन्’, ‘पिरिमको बाढी’, ‘आउन माया भटौँ न’ ‘पिरती नाप्ने के ले हो’ लगायत गीत चर्चित छन् । ‘घर हाम्रो लेकैमा’ र ‘आउन माया भटौँ न’ गीतले ओएस नेपाल म्युजिक अवार्डमा उत्कृष्ट लोकपप विधाको पुरस्कार जितेका थिए ।

म्युजिक भिडियोमा नानी धानु, गजेन्द्र प्रिथक, पेम्बा शेर्पा, माया सिटौला, माधव सिटौला, धर्म खतिवडा, सरु शर्मा, किरण कन्दवाको समेत अभिनय रहेको छ ।
किरणले विदेशमा कम्पनीको उच्च पदस्थ व्यक्तिको भूमिका निर्वाह गरेका छन् भने निर्मलले धन कमाउन गएको युवाको अभिनय गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here