२०७७ काक्तिक १ गते शनिबारको राशिफल

३० आश्विन २०७७, शुक्रबार मा प्रकाशित

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आज स्वास्थ्यमा सुधार हुनेछ । कार्यक्रम तथा चलफलमा सहभागी भइएला । आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

न्यायिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । नयाँ कार्य वा रोजगार पाइनेछ । साहित्य तथा संगीतमा रुची बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आज सामान हराउने योग छ । पारिवारिक उल्झनमा परि आँटेको काम बिग्रनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । प्रेममा मनमुटाव पनि हुन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आँटेको र ताकेको कार्य पूरा होला । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । घरायसी विवाद बढ्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । जोश जाँगर र उमँङ्ग बढ्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आज रोकिएका अधुरा कामहरू पूरा हुने छन् । बोलीको प्रभाव बढ्नेछ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । पढाइ– लेखाइमा प्रगति हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आज नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । भूमि लाभ पनि रहला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

विशिष्ठ व्यक्तिको साथ पाईनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश, जाँगर र हिम्मत बढ्नेछ । शेयर बजारको कारोवार हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आज नयाँ व्यक्तिसँग भेट हुने र अरुलाई प्रभावित पार्न सकिनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ । पुनर्मिलनको योग रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

आज मान प्रतिष्ठामा बृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here