राजगढमा फ्यूचर केमिकल तथा प्याकेजिङ उद्योग सञ्चालनमा

३० आश्विन २०७७, शुक्रबार मा प्रकाशित

 

बिर्तामोड, दक्षिणी झापाको बाह्रदशीलाई स्माट सिटीको रुपमा विकास गर्न त्यहाँका स्थानीयहरु नै लागीपरेका छन् ।बाह्रदशी गाउँपालिकाको वडा नं. २ र ३ मा पर्ने राजगढ बजारलाई स्मार्ट सिटीको रुपमा विकास गर्र्ने गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बजेट नै विनियोजन गरेको छ ।

गाउँपालिकाले समेत बजेट बिनियोजन गर्दै राजगढलाई स्मार्ट सिटीको रुपमा विकास गर्न त्यहाँका स्थानीयले आफ्नै ठाउँमा लगानी गर्न शुरु गरेका छन् । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै जाँदा हेण्डवाससहितका घरमा अत्यावश्यक सामग्रीका लागि स्थानीय एक युवाले फ्यूचर केमिकल तथा प्याकेजिङ उद्योग सञ्चालनमा ल्याएका छन् ।

मिरिफ्रेस बाण्डका हेण्डवास, फिनेल, ट्वाइले क्लिनर, भाँडा माझ्ने लिक्युड उत्पादनका लागि २० लाख रुपैयाँ लगानी गर्दै उद्योग सञ्चालनमा ल्याइएको हो । स्थानीय चन्दनकुमार चौधरीले सञ्चालनमा ल्याएको उद्योगका उद्घाटन बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले गरे । उद्योगको उद्घाटन गर्दै अध्यक्ष राजवंशीले गाउँपालिकाले राजगढलाई स्माटसिटी बनाउने उद्घोष गरेसँगै स्थानीयवासीले राजगढको विकासका लागि लगानी गर्न थालेको बताएका छन् ।

स्थानीय युवालाई रोजगार दिँदै घरायसी सामग्री उत्पादनमा युवापंक्ति जुट्नु गाउँपालिकाकै लागि गौरवको कुरा भएको अध्यक्ष राजवंशीले बताए । यसअघि राजगढमा सस्तो बजारका नामबाट सुविधासम्पन्न सपिङ महल सञ्चालनमा आएको र यस्तै अन्य उद्योगहरु सञ्चालनमा आए राजगढलाई स्मार्टसिटी बनाउन समय नलाग्ने अध्यक्ष राजवंशीको भनाइ छ ।

फ्यूचर केमिकल तथा प्याकेजिङ उद्योगले चार जनालाई रोजगारी दिएको बताउँदै आगामी दिनमा प्रदेश १ सहित नेपालका सबै जिल्ला मिरिफ्रेक्स ब्राण्डका सामग्री पु¥याइने सञ्चालक चौधरीको भनाइ छ ।
स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न आग्रह गर्दै चौधरीले आफूले उत्पादन गरेको सामग्री गुणस्तरीय र उच्चकोटीको रहेको दावी गरेका छन् ।


उद्घाटन समारोहमा पशुपति माविका पूर्व प्रधानाध्यापक नन्दकुमार कुँवर, व्यवसायी कैलाश चौधरी लगायतको  पस्थिति थियो ।

श्रब्यदृष्य सामग्री यहाँ हेर्न सक्नुहुन्छ –

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here