झापामा एकै रात दुई कोरोना संक्रमितको मृत्यु

0
260

झापा ।

झापामा कोरोना संक्रमणका कारण एकै रात दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिकाका एक र अर्का शिवसताक्षी नगरपालिकाका रहेका छन् ।

मृतक दुवै जना पुरुष हुन् । मृत्यु हुनेमा दमक नगरपालिका वडा नं ५ का ढुंगाना थरका ५८ वर्षीय पुरुष रहेका छन् । उनको घरैमा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि विहीवार स्वाब परीक्षणका लागि पठाइएको थियो । शुक्रवार रिपोर्ट पोजिटिभ आएपछि राति नै उनको मृत्यु भएको बताइएको छ ।

यता शिवसताक्षी नगरपालिका ११ दुधेका ५६ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको छ । क्यान्सरको उपचार गराइरहेका उनको शुक्रबार साँझ मात्र पीसीआरको रिपोर्ट पोजिटिभ आएको थियो ।

उनको पनि शुक्रवार राति नै मृत्यु् भएको बताइएको छ । यो संगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here