शान्तिपूर्ण रुपमा चाडपर्व मनाउन झापा प्रहरीको आग्रह

0
697

झापा ।

नेपालीहरुको महान पर्व बडा दशैं, शुभदिपावली, तथा छठ पर्व घरमै बसेर सुरक्षित तरिकाले मनाउन जिल्ला प्रहरी कार्यालय झापाले आग्रह गरेको छ ।

कोरोना भाइरसको संक्रमण बढी रहेका बेला अनावश्यक हिडडुल नगर्न आग्रह गर्दै शान्ति पूर्ण रुपमा चाडपर्व मनाउन जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले आग्रह गरेका छन् ।

कोरोना भाइरस बढी रहेकाले स्वास्थ्यको मापदण्ड पालना गर्दै यस पटकको दशैं घरमै बसरेर मनाउन प्रहरीले आग्रह गरेको छ । साथै चाडपर्वको समयमा हुने विकृति रोक्न प्रहरी २४ घण्टै आफ्नो डियुटीमा रहने भएकाले कुनै पनि शंकास्पद गतिविधि भएमा तत्काल प्रहरीलाई खबर गर्न प्रहरी उपरीक्षक कोइरालाले अनुरोध गरेका छन् ।

कतै पाहुना जाँदा आफ्नो घरको सुरक्षाको विषयमा ध्यान दिन आग्रह गर्दै यो समयमा हने चोरीका घटना प्रति प्रहरी सचेत भएर लागेको कोइरालाले बताए । अपराध रोक्नका लागि प्रहरी लागोले नागरिकले पनि सहयोग गर्नु पर्ने प्रहरी उपरीक्षक कोइरालाको भनाई छ ।

उनले सम्पूर्ण चाडपर्वको शुभकामना दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here